कोरोना भाइरस संक्रमणको त्रासका कारण झण्डै तीन महीनादेखि ती देशहरूको सिमाना बन्द गरिएको थियो।
सिमानाहरू खुल्ला गरिए पनि कतिपय शर्त तथा प्रतिबन्धनात्मक व्यवस्था भने अझै पनि लागू नै हुने अधिकारीहरूले जानकारी दिएका छन्।
त्यसैगरी अमेरिकी, एशियाली र अन्य विदेशी पर्यटकहरूलाई पनि युरोपेली देशहरूमा प्रवेशका लागि अझै खुल्ला गरिएको छैन।
युरोपेली संघअन्तर्गतका देशहरू र केही ‘सेन्जेन’ देशहरूसँगै संघको सदस्य नरहेका देशहरूमा पनि अन्य देशका नागरिकहरू केही समय आवतजावत नगर्ने अपेक्षा गरिएको छ। यो अवस्था कम्तीमा पनि अर्को महीना शुरू नहुँदासम्म रहने अनुमान गरिएको छ।
सिमाना खुल्ला गरिएको र रेस्टुरेन्टहरू पुनः सञ्चालन गर्नेसम्बन्धी घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले गरेका थिए। उनले संकटपछिको नयाँ अवस्थामा आफूहरू फर्किएको बताउँदै संकटविरूद्धको लडाईंपछि पहिलो नयाँ थालनी भएको उल्लेख गरे।
उनले महामारी विरूद्धको लडाईंको नयाँ चरणमा प्रवेश गरिए पनि चुनौती र खतरा भने कायमै रहेको ध्यानाकर्षण गराए।
युरोपेली देशहरूमा अहिलेसम्म कोरोना भाइरसका कारण झण्डै एक लाख ८२ हजार जनाको मृत्यु भइसकेको तथ्यांक छ भने झण्डै २० लाख मानिस संक्रमित भएका थिए ।
-रासस/एपी
" /> बर्लिन। युरोपेली मुलुकहरूको आपसी सिमाना आजदेखि पुनः खुल्ला गरिएको छ।कोरोना भाइरस संक्रमणको त्रासका कारण झण्डै तीन महीनादेखि ती देशहरूको सिमाना बन्द गरिएको थियो।

">