काठमाडौं। गृह मन्त्रालयले गएको १० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा ६ जना युवकको ज्यान जानेगरी भएको घटनामा वडाध्यक्ष नै योजनाकार रहेको निश्कर्ष निकालेको छ।
मन्त्रालयले चौरजहारी-८ का वडाध्यक्ष डम्बरबहादुर मल्लको योजनामा जाजरकोटका पाँच र चौरजहारी–१ का एकजना युवकको ज्यान जानेगरी घटना भएको निश्कर्ष निकालेको छ।
घटनामा जाजरकोटको भेरी नगरपालिका–४ का नबराज बिक, सन्दीप बिक, गणेश बुढामगर, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार मारिएका थिए।
घटनामा वडाध्यक्ष मल्लले प्रहरीलाई समेत गलत सूचना दिएर अन्यत्रै पठाइएको गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। प्रहरीले समेत अनुसन्धान सकेर हिजो ३२ असारमा रुकुम जिल्ला अदालतमा मुद्दा दायर भएपछि मन्त्रालयले आज प्रतिवेदन सार्वजनिक गरेको हो।
वडाध्यक्ष मल्लले लकडाउनमा ‘जाजरकोटका केटाहरू गाउँ छिरे उनीहरूलाई नियन्त्रणमा लिनुपर्छ’ भन्ने बहानामा गाउँलेहरूलाई एकीकृत गराएको, गोइरी औलका व्यक्तिहरूलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएका, उनीहरूलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई अर्कोतिर पठाएर झन्डै ४ किलोमिटर टाढा गइसकेका युवकहरूलाई लखेटेर ढुंगा प्रहार गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरेको छ।
३२ जेठमा दर्ता गरिएको अभियोग पत्रमा मागदाबी गरिएझै सबै आरोपीमाथि जातीय भेदभाव, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमा कारबाही गर्न माग गरिएको छ।
१० जेठमा नबराज १७ जनाको समूह लिएर युवतीको घर भएको ठाउँ चौरजहारी पुगेका थिए। युवतीका बुबाले यसबारे वडाध्यक्ष मल्ललाई भनेपछि आपराधिक कार्यमा संलग्न भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। वडाध्यक्ष मल्लले ९८४८९६९७३३ नम्बरको मोबाइलबाट मानबहादुर मल्ललाई ९८६६८६८९६८, नेत्रबहादुर मल्ललाई ९८४१५३७६७३ नम्बरमा फोन गरी गाउँलेलाई भेला पारेको उल्लेख छ।
उनले आफ्नो मोबाइलबाट इलाका प्रहरी कार्यालय, चौरजहारीको ०८८–४०११०० नम्बरमा पनि फोन गरेर उल्टो सूचना दिएको भेटिएको छ। वडाध्यक्षले गलत सूचना दिएका कारण प्रहरी समयमा घटनास्थलमा पुग्न नसकेको र त्यतिञ्जेले ६ जनाको ज्यान जानेगरी घटना भइसकेको गृहले बताएको छ।
हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति