काठमाडौं। पछिल्ला केही दिन काठमाडौंलगायतका शहरहरूमा युवाहरू सडकमा ओर्लिए।

कोभिड-१९ महामारी फैलिन नदिन कोही पनि बिनाअनुमति घरबाट बाहिर निस्कन नपाउने गरी सरकारले लकडाउन घोषणा गरे पनि त्यसको अवज्ञा गर्दै युवाहरू सडकमा उत्रिएका थिए।

महामारी नियन्त्रण र रोकथामका लागि सरकारले प्रभावकारी कदम नचालेको, क्वारेन्टाइनहरू गुणस्तरीय नभएका, महामारी नियन्त्रणका लागि खर्च भएको भनिएको रकम पारदर्शी नभएको भन्दै युवाहरूले आक्रोश पोखे। उनीहरूले पीसीआर परीक्षण अनिवार्य बनाउनुपर्ने र क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने माग राखेका थिए।

कोरोना भाइरस संक्रमणको जोखिम हुँदाहुँदै किन सडकमा उत्रिए त युवाहरू ?

“हामी रहरले आएका होइनौं”, आन्दोलनमा सहभागी दीकपाल थापा भन्छन्, “लकडाउनको समयमा सरकारले कोभिड-१९ फैलिन नदिन जे-जे तयारी वा काम गर्नुपर्ने हो त्यो नगरेको देखेपछि सडकमा उत्रिएका हौं।”

दीकपालका अनुसार युवाहरूको यो आन्दोलन सरकारविरोधी भने होइन। बरू सरकारलाई जनताको स्वास्थ्यप्रति जिम्मेवार बनाउन भएको हो।

लकडाउन गर्ने निर्णय गरेपछि सरकारलाई समर्थन गरे पनि सरकारको काम अपुरो, अधुरो लागेपछि चुप बस्नुहुँदैन भनेर बाहिर आएको उनी बताउँछन्।

“हेर्दा हेर्दै हाम्रो टोल छिमेकमा रोग लाग्न थालिसक्यो। राम्रो क्वारेन्टाइन नपाएर मानिस मरिरहेका छन्। सरकारले हामीलाई लकडाउनमा राखेर गर्नुपर्ने काम गरेको देखिएन”, थापा भन्छन्, “त्यसैले सरकारबाट हामीले जवाफ मागेका हौँ। सरकार पारदर्शी हुनुपर्यो भन्ने चाहेका हौँ। सडकमा उत्रिएको भीड पैसा तिरेर बोलाएको होइन। यो त स्वतःस्फूर्तरूपमा बाहिर आएका मानिस हुन्।”

लकडाउनको समयमा सञ्चारमाध्यममा विभिन्न खबर प्रकाशित भए। सीमामा जनता अलपत्र परेको, मानिसहरू भोकभोकै मरेको, दैलेखमा गोठलाई क्वारेन्टाइन बनाएको जस्ता समाचार प्रकाशनमा आएपछि युवाहरूमा आक्रोश पलाएको हो।

“नेपाली सीमामा आइपुगेका दाजुभाइ दिदीबहिनी अलपत्र परेको, खान नपाएर मानिस मरेको, उनीहरूलाई क्वारेन्टाइनको नाममा गोठमा राखेको, स्वास्थ्य सामग्री किन्न राखिएको पैसा हिनामिना भएको, आरडीटी गरेर नेगेटिभ आएको मानिस घर पुगेर मृत्यु भएको, मानिस मरेपछि रिपोर्ट आउने खबर सञ्चारमाध्यममा देखेपछि नै असह्य भयो”, थापा भन्छन्, “शुरूमा त हामीले पनि सोसल मिडियामा आफ्नो असन्तुष्टि पोख्यौं। त्यसको सुनुवाई नभएपछि सडकमै उत्रिएका हौँ। आरडीटी होइन पूर्ण पीसीआरको व्यवस्था गर भनेका हौँ।”

त्यसो त सडकमा युवाहरू सरकारविरूद्ध उत्रिनु कुनै नयाँ कुरा होइन। नेपालको निकट विगतको राजनीतिक इतिहास यस्तै आन्दोलनहरूले भरिएको छ। तर, यसपालिको आन्दोलन केही फरक हुन पुगेको छ। राजनीतिप्रति खासै चासो नराख्ने, सामाजिक सरोकारका विषयमा जहिल्यै उदासिन रहने भनिएका शहरीया मध्यमवर्गीय युवाहरू अहिले आन्दोलनमा उत्रिएका छन्। उनीहरूको हातमा स्मार्ट फोन छ, अनुहारमा एन-९५ मास्क।

आन्दोलनमा सहभागी अर्का युवा रोबिक उपाध्याय स्वतःस्फूर्त युवाहरू सडकमा उत्रिएको बताउँछन्। आन्दोलनको कोही पनि नेतृत्व नभएकाले केही सहभागीले गलत अर्थ लाग्ने प्लेकार्ड बोकेको उनले बताए। “त्यस्तो गर्नेहरू एक प्रतिशत छन्। तर, ९९ प्रतिशतले उपयुक्त मुद्दा उठाएका छन्। त्यसमा फोकस गर्नुपर्छ।”

त्यसो त सामाजिक सञ्जालमा आन्दोलनकारी युवाले बोकेको आइफोन र मास्क हेरेर व्यंग्यात्मक टिप्पणी पनि हुने गरेको छ। तर, उपाध्याय भन्छन्, “आइफोन, मास्क ठूलो कुरा होइन। हामीले उठाएको मुद्दा महत्त्वपूर्ण हो।”

युवाहरूको यो आन्दोलनलाई केही भारतीय सञ्चारमाध्यमले सरकारविरोधी प्रदर्शन भनेकैले केही आलोचकले नेपालले नयाँ नक्शा पारित गर्दैगर्दा युवाहरू विरोधमा उत्रिएको आलोचना पनि गरे। तर, यो आन्दोलनलाई त्यसरी षड्यन्त्रको आँखाले नहेर्न युवाहरू अनुरोध गर्छन्।

“हामीले सामान्य कुरा उठाएका हौँ। गलत कुरा उठाएका होइनौँ। ज्यानको जोखिम राखेर भए पनि हामी बोलिरहेका छौँ”, दीकपाल थापा भन्छन्, “हामीले उठाएको मुद्दा नहेरी, अरूले हाम्रो प्रदर्शनलाई आफ्नो स्वार्थको अनुसार मोडेर प्रस्तुत गरेको आधारमा हामीलाई आलोचना नगरिदिनुहोस्। बोल्ने मानिसहरूलाई यसरी निरूत्साहित बनायो भने फेरि कसैले बोल्ने आँट गर्दैनन्।”

यो आन्दोलन समग्रमा युवाहरूको आवाज भएको ठम्याइ छ, कवि विमला तुम्खेवाको। “२०४६ सालको होस् या २०६२/०६३ को आन्दोलन होस्, हरेक आन्दोलन युवाहरू नै जागेर सम्भव भएको हो। अनि मात्रै आमूल परिवर्तन भएको थियो। अहिलेका युवाहरू पनि देश र सरकारी काम कारबाही प्रति सचेत छन्”, तुम्खेवा भन्छिन्, “युवाको अस्तित्व र उनीहरूको मागहरू अस्वीकार गर्न हुँदैन।”

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने दाबी गरेको सरकारका निकायहरूमै रकम हिनामिना भएको खबर बाहिरिएपछि युवाहरू आक्रोशित भएको तुम्खेवाको ठम्याइ छ।

“सरकार जिम्मेवार भएको भए किन आउँथे र ? सरकारको काम देखेर उनीहरू निराश भएका छन्। उनीहरूलाई सडकमा आउन सरकारले नै बाध्य बनाएको हो”, उनी भन्छिन्, “अहिले स्वास्थ्य उपकरण किन्ने मात्रै होइन, सामान्य गाउँको बाटो बनाउने काममा पनि भ्रष्टाचार हुन्छ। देशका कुनै पनि नेपाली नागरिकले सरकारको खर्च विवरणको हिसाब माग्न पाउने अधिकार छ। र, यसमा सरकार जवाफदेही हुनुपर्छ।”

युवाहरू सडकमा आएर आन्दोलन गरिरहँदा सरकारले उनीहरूको माग सम्बोधन गर्नुपर्ने राजनीतिशास्त्री भास्कर गौतमको मत छ।

“युवाहरूले रचनात्मक हिसाबले शान्तिपूर्णरूपमा दुई कुरामा सुधार चाहेको देखिन्छ। पहिलो स्वास्थ्य क्षेत्रमा सुधार र दोस्रो भ्रष्टाचारको अन्त्य”, राजनीतिशास्त्री गौतम भन्छन्।

अहिलेको समयमा उठाउनुपर्ने विषयहरू युवाहरूले उठान गरेकाले सरकारले यसमा जतिसक्दो चाँडो सम्बोधन गर्नुपर्ने उनी बताउँछन्। भन्छन्, “उनीहरूले सामूहिक हितको कुरा उठाएका छन्। खर्च पारदर्शी र सुशासन चाहेको देखिन्छ। अहिलेको संकटमा ध्यान दिएर जति छिटो हुन सक्छ, त्यति चाँडो सरकारले यस विषयमा सोच्न पर्छ। आन्दोलन दबाउने भन्दा पनि सम्बोधन गर्नेतिर लाग्नुपर्छ।”

राजनीतिशास्त्री गौतम युवाहरूले अहिले मात्र नभई निरन्तर यस्तै विषयहरूमा आवाज उठाउनुपर्ने सल्लाह दिन्छन्।

“भ्रष्टाचार व्यापक छ। सर्वव्यापी छ। त्यसैले यो मुद्दा सकिने बित्तिकै युवाहरू तितरबितर भएर हिँड्नु हुँदैन”, भाष्कर गौतम भन्छन्, “स्वास्थ्य, शिक्षा क्षेत्रमै पनि अन्य थुप्रै बेथिति छ। त्यसैले यो वान टाइम एक्ट हुनुहुन्न। सरकारलाई निरन्तर घच्घचाइरहनुपर्छ। युवा वर्गमा त्यो अभिभारा आएको छ।”

" /> काठमाडौं। पछिल्ला केही दिन काठमाडौंलगायतका शहरहरूमा युवाहरू सडकमा ओर्लिए।

"> किन सडकमा उत्रिएका छन् शहरीया युवा ?: Dekhapadhi
किन सडकमा उत्रिएका छन् शहरीया युवा ?

प्रतिक्रिया दिनुहोस्