काठमाडौं। हातमा सधैँ गितार र माइक हुने गायक अमृत गुरुङको दिनचर्या अचेल फेरिएको छ। उनको परिवेश परिवर्तन भएको छ।
देश-विदेशका विभिन्न स्टेज कार्यक्रममा दमदार प्रस्तुति दिने गुरुङ यतिबेला भने गाउँघरमा खेतीपातीको काममा व्यस्त छन्।
मानो रोपेर मुरी उब्जाउने यो समयमा उनी खेतीपातीमा रमाएका हुन्। चर्चित सांगीतिक समूह ‘नेपथ्य’ का गायकको ‘गेटअप’ नै पुरै परिवर्तन छ।
हाफ पाइन्ट, टिसर्ट पहिरिएर कहिले साना कान्लामा मकै गोडमेल गर्छन् भने कहिले गाईवस्तुको गोठमा जंगली साग केलाइरहेका हुन्छन्।

यतिमात्र कहाँ हो र उनी बारीमा लगाएको मैकलाई बाँदर खाएर सखाप पार्न थालेपछि ‘बाँदर हेरालु’ पनि बनेका छन्। जुन कुरा उनले सामाजिक सञ्जालमार्फत् अपडेट दिइरहेका छन्।
गायक गुरुङले पछिल्लो तस्वीर मकैबारीमा बाँदर धपाउँदै गरेको पोष्ट गरेका छन्।
आज दिउँसो उनले दुई जना स–साना बालबालिकासँग मकैबारीमा गएको तस्वीर पोष्ट गर्दै क्याप्सन लेखेका छन्, ‘खेतीको काम बिसाएर, मकैमा दाना लाग्यो, केही दिनमा पोलेर खान पाइन्छ भनेर एकछिन दंग परेको, हामीले भन्दा पहिले बाँदरले थाहा पाएछ। मकैबारी अहिले बाँदर फौजको निशानामा छ। बाँदर फौजलाई धपाउन खटिएका हामी गोठाले फौज। बाँदर धपाउने काममा, गोठमा हुर्किएका यी बच्चाहरू खप्पिस छन्।’
यसअघि उनले मकैबारीको सुरक्षामा खटिएका कुकुरहरूको तस्वीर पोष्ट गरेका थिए।
जसमा उनले लेखेका छन्, ‘गोठका पाले। चार थिए, दुइटा चितुवाको शिकार भए। ११ वर्षदेखि यिनीहरू चितुवाबाट बचेर गोठको रखवाली गर्दैछन्। वनसँग जोडिएको गोठ वस्तीमा प्रकृतिको नियम त लागू हुने नै भयो। सर्भाइवल अफ द फिटेस्ट।’
चर्चित गायक गाउँ पसेर खेतीपातीमा व्यस्त रहेपछि उनको भने प्रशंसा भएको छ। उनको गाउँले जीवनको तारिफ गरिएको छ।
मनोरञ्जन उद्योग निर्दयी हुने भन्दै उनले लेखेका छन्, ‘मैले यसका सबै पक्ष भोगेको छु। सफल विफल, माया घृणा, आफु चल्न ‘प्रतिद्वन्द्वी’ ले गर्ने निकृष्ट व्यवहार सबै अत्यासलाग्दो हुन्छ। यसबाट बचाने उपाय भनेको आफ्नो जरासँग जोडिएर बस्ने हो। नमात्तिने, नआत्तिने, बाँचिरहने।’
खेतमा रमाएर धान रोपिरहेको अनि थकानका बीच थुम्कोमा बसेर चिया पिइरहेको तस्वीर समेत शेयर गरेका छन्। तस्वीरसँगै उनले लेखेका छन्, ‘आज दिनभर ‘परेली’सँगै लागेर खेतीमा खटियो। बेस्सरी रमाइलो भयो। अब बाँकी खेती असार १५ लाई। खुशीको कुरा, हाम्रोमा परेली लगाउने चलन अझै छ। गाउँमा सबैको खेतमा गाउँकै सामूहिक–सामुदायिक श्रम आदानप्रदानबाट पहिलेदेखि गाउँको खेती थालिएको थियो। हामी त्यसलाई निरन्तरता दिने प्रयासमा छौं।’
" /> काठमाडौं। हातमा सधैँ गितार र माइक हुने गायक अमृत गुरुङको दिनचर्या अचेल फेरिएको छ। उनको परिवेश परिवर्तन भएको छ।देश-विदेशका विभिन्न स्टेज कार्यक्रममा दमदार प्रस्तुति दिने गुरुङ यतिबेला भने गाउँघरमा खेतीपातीको काममा व्यस्त छन्।

">