काठमाडौैं। पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ मा गएको १० जेठमा भएको घटनाको विषयलाई लिएर जाजरकोटमा प्रदर्शन गरिएको छ। प्रदर्शनमा झडप हुँदा प्रहरीसहित १३ जना घाइते भएका छन्।
१० जेठमा चौरजहारी नगरपालिका-८ मा भएको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ का नबराज बिक, सन्दीप बिक, गणेश बुढामगर, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार मारिएका थिए।
घटनामा मारिएका युवकको पोस्टमार्टम रिपोर्ट गलत दिएको भन्दै पीडित पक्षले सदरमुकाम खलंगामा प्रदर्शन गरेका हुन्।
आज भएको प्रदर्शनको स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ। दुई सेल अश्रुग्यास समेत प्रहार गरिएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हवाई फायर भएको पुष्टि गरे।
करीब ३०० को संख्यामा रहेका प्रदर्शनकारीले जिल्ला अस्पताललाई लक्षित गरी तोडफोड र ढुंगामुढा गर्न थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक यामबहादुर मल्लले बताए।
उनका अनुसार झडपमा आठ प्रहरी र पाँच प्रदर्शनकारी घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य छ। प्रदर्शनकारीतर्फ तीन महिला र दुई पुरुष घाइते भएका हुन्।
“हस्पिटललाई लक्षित गरी तोडफोड हुन थालेपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको हो”, प्रहरी निरीक्षक मल्लले भने, “अहिले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आएको छ।”
थाप्लेमा रहेको जिल्ला अस्पतालअगाडि प्रदर्शन गरेपछि उनीहरूले ठाँटी बजारमा कोणसभा समेत गरेका छन्।
अहिले अवस्था सामान्य भइसकेको प्रहरी निरीक्षक मल्लले बताए।
रुकुम प्रहरीले सामूहिक हत्या भएको भन्दै चौरजहारी-८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २९ जनालाई पक्राउ गरेको छ। पाँचजना अझै फरार छन्।
३२ जेठमा ३४ जनाविरुद्ध रुकुम जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव तथा छुवाछुत कसूरमा मुद्दा दायर भइसकेको छ।
" /> काठमाडौैं। पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ मा गएको १० जेठमा भएको घटनाको विषयलाई लिएर जाजरकोटमा प्रदर्शन गरिएको छ। प्रदर्शनमा झडप हुँदा प्रहरीसहित १३ जना घाइते भएका छन्।१० जेठमा चौरजहारी नगरपालिका-८ मा भएको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ का नबराज बिक, सन्दीप बिक, गणेश बुढामगर, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार मारिएका थिए।

">