काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको लम्कीचुहा नगरपालिका- १ स्थित शहीदस्मारक माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएकी महिलामाथि भएको भनिएको सामूहिक बलात्कारको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा घटनाको सम्बन्धमा नेपाल प्रहरीलाई विस्तृत जानकारी पठाउन पत्राचार गरिएको उल्लेख छ। धनगढीस्थित प्रदेश कार्यालयको टोली अनुगमनको लागि घटनास्थलतर्फ प्रस्थान गरेको विज्ञप्तिमा जनाइएको छ।
'कोभिड-१९ को महामारीबाट बाँच्न आफ्नो थातथलो सम्झेर भारतबाट आई गत जेठ २० गतेदेखि क्वारेन्टाइनमा बस्दै आएकी उनलाई २०७७ जेठ ३१ गते राति बलात्कार भएको भनी आयोगमा जानकारी प्राप्त भएको छ', आयोगले भनेको छ, 'आयोगले यसअघि विश्व स्वास्थ्य संगठनको क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन सम्बन्धी मापदण्ड एवं क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी मापदण्ड लागू गर्न पटक पटक नेपाल सरकारको ध्यानाकर्षण गराएकोमा सुधार नहुनु र राज्यका निकायहरूबाटै सञ्चालित क्वारेन्टाइनभित्रै यस्तो जघन्य अपराधको घटना हुनु अत्यन्त दुःखद् पक्ष हो।'
उक्त घटनामा संलग्न दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन, क्वारेन्टाइनमा यस प्रकारका घटनाहरू नदोहोरिने सुनिश्चितता गर्न, बलात्कृत भएको भनिएकी महिलाको शीघ्र स्वास्थ्य परीक्षण तथा पीसीआर परीक्षण गरी मनोसामाजिक विमर्श प्रदान गर्न, परिवारमा पुनरएकीकरण गर्न तथा उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।
" /> काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको लम्कीचुहा नगरपालिका- १ स्थित शहीदस्मारक माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएकी महिलामाथि भएको भनिएको सामूहिक बलात्कारको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।आयोगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा घटनाको सम्बन्धमा नेपाल प्रहरीलाई विस्तृत जानकारी पठाउन पत्राचार गरिएको उल्लेख छ। धनगढीस्थित प्रदेश कार्यालयको टोली अनुगमनको लागि घटनास्थलतर्फ प्रस्थान गरेको विज्ञप्तिमा जनाइएको छ।

">