पछिल्लो २४ घण्टामा ४५१ नयाँ संक्रमित थपिए, नेपालमा कूल संक्रमित ६ हजार २११ पुगे
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ४५१ नयाँ संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ६ हजार २११ पुगेको छ।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार ३५ महिला र ४१६ पुरुष गरेर ४५१ जना नयाँ संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ३८ हजार ६८३ पीसीआर परीक्षण भएका छन्। २ लाख १९ हजार ३३६ आरडीटी किट विधिबाट परीक्षण भएका छन्।
पछिल्लो २४ घण्टामा ५ हजार ३०६ पीसीआर र ८ हजार ६१५ आरडीटी विधिबाट नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ।
देशैभर क्वारेन्टाइनमा १ लाख ३३ हजार ८२९ जना रहेका छन्। आइसोलेसनमा ५ हजार १५१ जना रहेका छन्।
हालसम्म एक हजार ४१ जना डिस्चार्ज भइसकेका छन्।
कोभिड-१९ बाट अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्