पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिँदै आएको बताएका छन्।
मगर समुदायको सांस्कृतिक चाड भूमे पर्वको उपलब्यक्षमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले मगर समुदायलगायत स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।
मगर समुदायको परम्पराअनुसार प्राकृतिक प्रकोप नलागोस्, अन्नबालीको उब्जनी राम्रो होस् र रोगव्याधि नलागोस् भनी आफू बसोबास गर्ने भूमिलाई देउताको रूपमा पूजा गरी हरेक वर्षको १ असारका दिन यो पर्व मनाइने गरिन्छ।
विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ को विरुद्धमा अझ एकतावद्ध भई जुध्न, वर्षायाममा जुनसुकै समयमा पनि प्राकृतिक विपत्ती आउन सक्ने सम्भावनालाई मध्ययनजर गर्दै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन सबैलाई प्रेरणा मिल्ने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्। रासस
" /> पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिँदै आएको बताएका छन्।मगर समुदायको सांस्कृतिक चाड भूमे पर्वको उपलब्यक्षमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले मगर समुदायलगायत स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।

">