बागलुङबाट परीक्षणमा पठाइएका ८०० बढीको स्वाब नमूना पोखरामा थन्कियो
गलकोट। परीक्षण ढीलो हुँदा बागलुङका ८०० भन्दा बढीको रिपोर्ट आउन बाँकी छ।
बागलुङका १० स्थानीय तहका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका एक हजार ७०० बढी छन्।
अहिले स्वास्थ्य कार्यालय र धौलागिरि अस्पतालका साथै ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकाले आफै भीटीएम खरीद गरेर स्वाब संकलन गरिरहेको छ।
यद्यपी पोखरामा पीसीआर रिपोर्टमा ढिलाइ हुँदा क्वारेन्टाइनमा बसेकाहरू थप जोखिम र सकसमा छन् भने स्थानीय सरकारले खानपान र व्यवस्थापन थेग्न पनि कठिनाइ भएको गुनासो गरेका छन्।
पोखरामा स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट आउन ढिलाइ भएको स्वास्थ्य कार्यालयका प्रमखु सुरज गुरौले बताए।
“हामीले स्वाब संकलन गरी पीसीआरका लागि पठाएका ८०० बढीको रिपोर्ट आउन बाँकी छ” गुरौले भने,“लामो समय क्वारेन्टाइनमा हुँदा हामीलाई पनि थुप्रै गुनासा र समस्या आएका छन्, अब पीसीआर पठाएका बाहेक अरुलाई १४ दिन पुगेको र लक्षण नदेखिएको हकमा आरडीटी गरेर घर पठाइरहेका छौं।”
गुरौका अनुसार, अझै ४०० बढीको थ्रोट स्वाब नमूना संकलन गर्न बाँकी छ। परीक्षणका लागि पोखरा स्वाब पठाएकाहरूको हकमा भने १४ दिन पुगिसकेपनि रिपोर्ट नआउँदै घर पठाउने कि नपठाउने भन्ने अन्यौल छ।
आठजना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन्।
बाँकी धौलागिरि अस्पताल, धौलागिरि क्याम्पस र बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेन र प्रिआइसोलेसनमा उपचाररत छन्।
रिपोर्ट ढिलो आउँदा सङ्क्रमण बढ्ने सम्भावना रहेको स्वास्थ्यकर्मी बताउँछन्। रासस
प्रतिक्रिया दिनुहोस्