काठमाडौं। कर्णाली प्रदेशमा आज थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख र सुर्खेतमा गरेर आज ११० जना संक्रमित थपिएका हुन्।
महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेत/ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।
उनका अनुसार दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा संक्रमण पुष्टि भएको छ।
महाशाखाका अनुसार दैलेखेको दुल्लुमा एकजना, नारायण नगरपालिकामा २ जना, देवलकाँडामा एकजना र नौमुले गाउँपालिकामा ८७ जना रहेका संक्रमित भेटिएका छन्।
त्यस्तै, सुर्खेतको बराहतालमा ३ जना, चौकुने गाउँपालिकामा ३, लेकवेशी नगरपालिकामा ४, सिम्ता गाउँपालिकामा १ र पन्चपुरी नगरपालिकामा ८ जनामा संक्रमण पुष्टि भएको छ।
योसहित कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या एकहजार ७७ पुगेको छ। कर्णाली प्रदेशमा सबैभन्दा धेरै दैलेखमा ६२९, सुर्खेतमा २३१ र सल्यानमा १३७ संक्रमित पुगेका छन्।
कर्णाली प्रदेशमा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने उपचारपछि १५१ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन्।
" /> काठमाडौं। कर्णाली प्रदेशमा आज थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख र सुर्खेतमा गरेर आज ११० जना संक्रमित थपिएका हुन्।

">