संकटमा स्थानीय सरकारको काम सुझबुझपूर्ण : आइशानी
काठमाडौं। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकको नेपालस्थित आवासीय प्रतिनिधि आइशानी लाबेले संकटको समयमा जनप्रतिनिधिहरूले सुझबुझपूर्ण ढंगले काम गर्नुपर्ने बताएकी छिन्।

उनले संकटको समयमा गरिने काम वा निर्णयहरू लक्षित बर्गमा पुगे/नपुगेकोमा पनि स्थानीय सरकारहरू सचेत हुन आवश्यक रहेको औंल्याइन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्रिभुवन विश्वविद्यालय इन्सिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै आइशानीले संकटको समयमा जोखिममा परेको वर्गको समस्या तत्काल सम्बोधन गर्नेगरी जनप्रतिनिधिहरूले काम गर्नुपर्ने उल्लेख गरिन्।

उनले भनिन्, “ संकटको समयमा हाम्रा निर्णयहरू सुझबुझपुर्ण ढंगले लिनुपर्ने हुन्छ। हाम्रा निर्णय र कार्यहरू सबैको पहुँचमा कति छिटो पुगे ? कति छिटो निर्णय गर्नसक्यौ ? संकटमा तत्काल निर्णय गर्नुपर्ने भएकाले गल्ती हुन सक्छ। गल्ति हुँदा हामीलाई समस्या समाधानमा अगाडि नभई पछाडि लैजान्छ। त्यसैले तुरुन्तै सुधार गरेर फेरी गल्ती नदोरिने गरी सुधार गर्नुपर्छ। ”

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुसालले संकट समाधानमा स्थानीय सरकारका पदाधिकारीले सफल र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।

संकट विज्ञ डाक्टर राम थपलियाले कोभिड-१९ को व्यवस्थापनमा स्थानीय सरकार नै अग्रपक्तिमा बसेर काम गर्नुपर्ने भएकाले संकट व्यवस्थापनका विविध पक्षलाई ध्यान दिनुपर्ने बताए।

नेतृत्वदायी भूमिकामा रहेका स्थानीय सरकारका पदाधिकारीले सञ्चार र जोखिममा परेकाहरुसंगको संवाद, आकस्मिक सेवा, आकस्मिक जनस्वास्थ्य र तत्कालको आवश्यकतालाई व्यवस्थित ढंगले सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो।

महामारीबाट उत्पन्न समस्याको प्रभावकारी र व्यवस्थित सम्बोधन गर्ने विषयमा संकटका विभिन्न आयाम, त्यसले पार्ने प्रभाव र सम्बोधन गर्नुपर्ने विषय सम्बन्धी प्रशिक्षणमा स्थानीय सरकारका पदाधिकारीहरू जुममार्फत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्