काठमाडौं। लकडाउनका अवधिमा मात्र सवारी दुर्घटनामा परी १९३ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीले जारी गरेको तथ्यांक अनुसार ११ चैतदेखि ३२ जेठसम्मको अवधिमा एक हजार ७५४ दुर्घटना भएको छ।
चैत महीनामा मात्रै १९२ वटा सवारी दुर्घटना भएको थियो जसमा २८ जनाले ज्यान गुमाएका थिए। त्यस्तै वैशाखमा ६३९ सवारी दुर्घटनामा परी ५२ जनाले ज्यान गुमाएका थिए।
तथ्यांक अनुसार सबैभन्दा बढी दुर्घटना जेठमा भएको छ। जेठमा भएका ९२३ वटा दुर्घटनामा परी ११३ जनाले जीवन गुमाएका छन्।
यो अवधिमा एक हजार ७५४ जना सवारी दुर्घटनामा परेका छन्। जसमध्ये १५० जना पुरुष, २९ जना महिला, ११ जना बालक र ५ जना बालिकाले ज्यान गुमाएका छन्। त्यस्तै ४८० जना गम्भीर घाइते भएका छन्।
दुर्घटनाका कारण ज्यान गुमाउनेमा सबैभन्दा बढी प्रदेश ५ का छन्। प्रदेशमा ५ मा भएको दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका हुन्। प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३६ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा १२ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिममा १५ जनाको ज्यान गएको छ। त्यस्तै काठमाडौं उपत्यकामा मात्र १८ जनाको ज्यान गएको छ।
लकडाउनका बेला सवारी साधन चलाउन रोक लगाइएको थियो। अत्यावश्यक प्रयोजनका लागि भने सरकारी पास उपलब्ध गराउँदै आएको छ।
पासको दुरूपयोग गरी सवारी चलाउँदा दुर्घटना हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकाल बताउँछन्।
लकडाउनका समयमा विभिन्न कारणले दुर्घटना बढेको उनले बताए। खाली सडकमा तीव्र गतिमा सवारी चलाउनु, मापसे गरेर सवारी चलाउनु, ट्राफिक नियमको उल्लंघन गर्दै सवारी चलाउनु, लकडाउनका बेला खुला सडकमा सवारी चलाउन सिक्नु जस्ता कारणले दुर्घटना बढेको उनको भनाइ छ।
“खाली सडक हुँदा तीव्र गतिमा सवारी चलाएका धेरैजसो सवारी दुर्घटनामा परेका छन्। अहिले सिकारुहरूले पनि सडकमा गाडी चलाएको पाइयो”, एसएसपी ढकालले भने।
सबै ट्राफिक तथा सुरक्षाकर्मी कोभिड-१९नियन्त्रणमा केन्द्रीत भइरहेका बेला सवारी दुर्घटना बढेको उनको भनाइ छ। दुर्घटनामा परेका अधिकांश सवारी मापसे गरेर चलाएको पाइएको भन्दै अब ट्राफिक नियम कडाइका साथ लागू गरिने उनले बताए।
सडक सुरक्षाविद् तथा पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले लकडाउनका बेला जथाभावी सवारी चलाउनुहुदैन भन्ने ज्ञानको कमी भएको बताउँछन्।
“लकडाउन भनेको त घरमै सुरक्षित बस्नुहोस् भन्ने हो। तर, त्यही मौकामा सडक खाली छ भने जथाभावी सवारी गुडाइएको पाइयो”, उनले भने।
त्यस्तै प्रहरी परिचालन कमी भएको उनको टिप्पणी छ। ट्राफिक प्रहरी, सुरक्षाकर्मी परिचालन गर्ने, कारवाही प्रक्रियालाई तिब्रता दिने निकायको पनि कमजोरी देखिएको उनले बताए।
“सबैभन्दा ठूलो प्रश्न इन्फोर्समेन्टमाथि हुन्छ। यो बेला सडकमा त सवारी चाप धेरै हुदैन्। त्यस्तो अवस्थामा कसले कस्तो गल्ती गर्दैछ भन्ने छिट्टै पत्ता लगाउन सकिन्छ। तर, त्यस्तो देखिएन”, उनले भने।
अब के गर्ने?
लकडाउन केही खुकुलो पारिएको छ। नीजि सवारी चलाउन दिइएको छ। र विस्तारै विस्तारै सबैकुरा सहज हुँदैजानेछ। यस्तो अवस्थामा सवारी दुर्घटना पनि बढ्न सक्ने सडक सुरक्षाविद् श्रेष्ठको भनाइ छ।
“तीन महीना लामो लकडाउनका कारण व्यापार व्यवसाय बन्द छ। काम गर्न पाइएको छैन। अब भने सबैलाई तीब्र गतिमा काम गर्ने इच्छा हुन्छ”, श्रेष्ठले भने, “त्यसका लागि तीव्र गतिमा नै सवारी चलाइन्छ। जसले गर्दा सवारी दुर्घटनाको सम्भावना बढी छ।”
अब सवारी दुर्घटनामा तीन वटा 'इ' मध्ये दुई वटा 'इ' को अत्यधिक प्रयोग गर्नुपर्ने उनको भनाइ छ। ट्राफिक प्रहरी एजूकेशन, इन्जिनियरिङ र इन्फोर्समेन्टको प्रयोग गरेर सवारी दुर्घटना न्यूनीकरण गर्दै आएको छ।
तीमध्ये एजूकेशन र इन्फोर्समेन्टको दायर व्यापक बनाउनुपर्ने उनको भनाइ छ।
“जनचेतना बढाउने, स्वयमं सवारी चालकमा पनि त्यसको ज्ञान हुनुपर्छ। त्यस्तै जाँच तथा कारवाहीलाई तीव्रता दिनुपर्यो।
चालकलाई ट्राफिक नियम उल्लंघन गरे कडा कारवाही हुन्छ भन्ने बोध गराउनुपर्छ तब मात्र चालक सचेत हुन्छन्”, श्रेष्ठले भने।
" /> काठमाडौं। लकडाउनका अवधिमा मात्र सवारी दुर्घटनामा परी १९३ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीले जारी गरेको तथ्यांक अनुसार ११ चैतदेखि ३२ जेठसम्मको अवधिमा एक हजार ७५४ दुर्घटना भएको छ।चैत महीनामा मात्रै १९२ वटा सवारी दुर्घटना भएको थियो जसमा २८ जनाले ज्यान गुमाएका थिए। त्यस्तै वैशाखमा ६३९ सवारी दुर्घटनामा परी ५२ जनाले ज्यान गुमाएका थिए।
तथ्यांक अनुसार सबैभन्दा बढी दुर्घटना जेठमा भएको छ। जेठमा भएका ९२३ वटा दुर्घटनामा परी ११३ जनाले जीवन गुमाएका छन्।
यो अवधिमा एक हजार ७५४ जना सवारी दुर्घटनामा परेका छन्। जसमध्ये १५० जना पुरुष, २९ जना महिला, ११ जना बालक र ५ जना बालिकाले ज्यान गुमाएका छन्। त्यस्तै ४८० जना गम्भीर घाइते भएका छन्।
दुर्घटनाका कारण ज्यान गुमाउनेमा सबैभन्दा बढी प्रदेश ५ का छन्। प्रदेशमा ५ मा भएको दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका हुन्। प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३६ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा १२ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिममा १५ जनाको ज्यान गएको छ। त्यस्तै काठमाडौं उपत्यकामा मात्र १८ जनाको ज्यान गएको छ।
लकडाउनका बेला सवारी साधन चलाउन रोक लगाइएको थियो। अत्यावश्यक प्रयोजनका लागि भने सरकारी पास उपलब्ध गराउँदै आएको छ।
पासको दुरूपयोग गरी सवारी चलाउँदा दुर्घटना हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकाल बताउँछन्।
लकडाउनका समयमा विभिन्न कारणले दुर्घटना बढेको उनले बताए। खाली सडकमा तीव्र गतिमा सवारी चलाउनु, मापसे गरेर सवारी चलाउनु, ट्राफिक नियमको उल्लंघन गर्दै सवारी चलाउनु, लकडाउनका बेला खुला सडकमा सवारी चलाउन सिक्नु जस्ता कारणले दुर्घटना बढेको उनको भनाइ छ।
“खाली सडक हुँदा तीव्र गतिमा सवारी चलाएका धेरैजसो सवारी दुर्घटनामा परेका छन्। अहिले सिकारुहरूले पनि सडकमा गाडी चलाएको पाइयो”, एसएसपी ढकालले भने।
सबै ट्राफिक तथा सुरक्षाकर्मी कोभिड-१९नियन्त्रणमा केन्द्रीत भइरहेका बेला सवारी दुर्घटना बढेको उनको भनाइ छ। दुर्घटनामा परेका अधिकांश सवारी मापसे गरेर चलाएको पाइएको भन्दै अब ट्राफिक नियम कडाइका साथ लागू गरिने उनले बताए।
सडक सुरक्षाविद् तथा पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले लकडाउनका बेला जथाभावी सवारी चलाउनुहुदैन भन्ने ज्ञानको कमी भएको बताउँछन्।
“लकडाउन भनेको त घरमै सुरक्षित बस्नुहोस् भन्ने हो। तर, त्यही मौकामा सडक खाली छ भने जथाभावी सवारी गुडाइएको पाइयो”, उनले भने।
त्यस्तै प्रहरी परिचालन कमी भएको उनको टिप्पणी छ। ट्राफिक प्रहरी, सुरक्षाकर्मी परिचालन गर्ने, कारवाही प्रक्रियालाई तिब्रता दिने निकायको पनि कमजोरी देखिएको उनले बताए।
“सबैभन्दा ठूलो प्रश्न इन्फोर्समेन्टमाथि हुन्छ। यो बेला सडकमा त सवारी चाप धेरै हुदैन्। त्यस्तो अवस्थामा कसले कस्तो गल्ती गर्दैछ भन्ने छिट्टै पत्ता लगाउन सकिन्छ। तर, त्यस्तो देखिएन”, उनले भने।
अब के गर्ने?
लकडाउन केही खुकुलो पारिएको छ। नीजि सवारी चलाउन दिइएको छ। र विस्तारै विस्तारै सबैकुरा सहज हुँदैजानेछ। यस्तो अवस्थामा सवारी दुर्घटना पनि बढ्न सक्ने सडक सुरक्षाविद् श्रेष्ठको भनाइ छ।
“तीन महीना लामो लकडाउनका कारण व्यापार व्यवसाय बन्द छ। काम गर्न पाइएको छैन। अब भने सबैलाई तीब्र गतिमा काम गर्ने इच्छा हुन्छ”, श्रेष्ठले भने, “त्यसका लागि तीव्र गतिमा नै सवारी चलाइन्छ। जसले गर्दा सवारी दुर्घटनाको सम्भावना बढी छ।”
अब सवारी दुर्घटनामा तीन वटा 'इ' मध्ये दुई वटा 'इ' को अत्यधिक प्रयोग गर्नुपर्ने उनको भनाइ छ। ट्राफिक प्रहरी एजूकेशन, इन्जिनियरिङ र इन्फोर्समेन्टको प्रयोग गरेर सवारी दुर्घटना न्यूनीकरण गर्दै आएको छ।
तीमध्ये एजूकेशन र इन्फोर्समेन्टको दायर व्यापक बनाउनुपर्ने उनको भनाइ छ।
“जनचेतना बढाउने, स्वयमं सवारी चालकमा पनि त्यसको ज्ञान हुनुपर्छ। त्यस्तै जाँच तथा कारवाहीलाई तीव्रता दिनुपर्यो।
चालकलाई ट्राफिक नियम उल्लंघन गरे कडा कारवाही हुन्छ भन्ने बोध गराउनुपर्छ तब मात्र चालक सचेत हुन्छन्”, श्रेष्ठले भने।
">- १९३ जनाको निधन
- सबैभन्दा ज्यान गुमाउनेमा प्रदेश ५ का
- उपत्यकामा मात्रै १८ जनाको निधन
">