घानाका स्वास्थ्यमन्त्री नै कोरोना संक्रमित <p>आक्रा। अफ्रिकी मुलुक घानाका स्वास्थ्यमन्त्री नै कोरोना भाइरसबाट संक्रमित भएका छन्।</p> <p>मन्त्री क्&zwj;वाकु आग्येमन मनुमा कोभिड-१९ पोजिटिभ देखिएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अधिकारीहरूले बताएका छन्।</p> <p>&ldquo;हाम्रा कडा परिश्रमी मन्त्रीको स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ, ड्युटी वहन गर्ने क्रममा उहाँलाई कोरोना भाइरसको संक्रमण भएको हो,&rdquo; घानाका राष्&zwj;ट्रपति नाना आफुको अड्डोले टेलिभिजन सम्बोधनमा भने।</p> <p>घानामा हालसम्म करिब १२ हजार जनामा कोरोना संक्रमण फैलिएको छ। तीमध्ये ५४ जनाले ज्यान गुमाएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्