मोटरसाइकलमा पनि जोरविजोर, एक जना मात्र चढ्न पाउने <p>काठमाडौं। लकडाउन खुकुलो पार्दै निजी सवारी सञ्&zwj;&zwj;चालनमा आएका छन्। चारपांग्रे सवारीमा जोरबिजोर लागू छ। तर, मोटरसाइकल र स्कुटरलाई कसरी सञ्&zwj;चालन गर्ने भन्&zwj;ने अन्योल थियो। अब भने मोटरसाइकल र स्कुटरमा पनि जोरबिजोर प्रणाली लागू भएको छ।&nbsp;</p> <p>महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले ट्राफिक प्रहरीहरूलाई मोटरसाइकल र स्कुटरलाई पनि जोरबिजोर प्रणाली लागू गराउन स्पष्&zwj;ट निर्देशन दिइसकिएको बताए।&nbsp;</p> <p>सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठदेखि जोरविजोर प्रणाली लागू गरेको थियो। यो नियम चारपांग्रे सवारीमा लागू भएको थियो। दुईपांग्रेका लागि अन्योल थियो।&nbsp;</p> <p>मोटरसाइकलमा एक जना मात्र बस्&zwj;न दिइनेछ। चारपांग्रेको हकमा भने चालकसहित ३ जना बस्&zwj;न पाइनेछ। उक्त निर्णयको चौतर्फी विरोध भइरहे पनि ट्राफिक प्रहरीले यसबारे कुनै अर्को निर्देशन नआएकाले एक जना मात्र बस्&zwj;न दिने जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्