क्वारेन्टाइनमा बस्नेहरूलाई किन यहाँ बसेको, यहाँ बस्दा के के गर्नुपर्छ, अनि यहाँबाट घर गएपछि गर्नुपर्ने के हो सम्पूर्ण जानकारी गराइन्छ।
११ जेठदेखि शुरु गरिएको यस क्वारेन्टाइनमा बिहान ८ बजे चिया, नास्ता (अण्डा, मकै, चना), दिउँसो ११ बजे दाल, मसिनो चामलको भात (सातामा तीन दिन मासु), तरकारी, दिउँसो खाजा र साँझ ७ बजे खाना खुवाउने गरिएको क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्ष बलबहादुर ऐरले बताए।
उनी भारतबाट आएर क्वारेन्टाइनमा बस्नेहरूका लागि दिनरात नभनी खटिरहेका छन्। क्वारेन्टाइनमा बस्नेहरूका लागि डसना, तन्ना, तकियालगायत अत्यावश्यक बस्तुलगायत खानपानमा जुटेका छन्। “यहाँ बस्ने जोकोहीलाई यो नलागोस् कि स्कुलको कोठामा ल्याएर थन्क्याइदियो,” ऐर भन्छन्, “त्यसकै लागि दिलोज्यान दिएर लागेका छौं।”
सुदूरपश्चिमकै मात्र नभई देशकै नमूना क्वारेन्टाइन बनाएको दाबी वडाध्यक्ष ऐरको छ। दिउँसोतिर वडाध्यक्ष भारतबाट आएकाहरूलाई छुट्टाछुट्टै डसना, सिरक, तन्ना, साबुन, ब्रस, झुललगायत सामग्री ओसार्दै थिए। उनको अहिलेको दिनचर्या नै यही बनेको छ। आफ्नो वडाका बासिन्दालाई सुरक्षित राख्न उनले हरसम्भव प्रयत्न गरेका छन्। यस कार्यमा उनलाई वडा सदस्य ओमविक्रम चन्दलगायतले सहयोग गरिरहेका छन्।
क्वारेन्टाइनमा साबुन, ब्रस, टुथपेस्ट, मास्कलगायत सामग्री अभाव हुन नदिएको वडाध्यक्ष ऐर बताउँछन्। महिलाका लागि बेग्लै शौचालयको व्यवस्था मिलाएको, महीनावारी हुँदा सेनिटेरी प्याडको व्यवस्था मिलाएको उनी बताउँछन्।
स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै हाइजेनिक खाना उपलब्ध गराइँदै आएको उनले बताए। देश बाहिरबाट आएकाहरूलाई १४ दिन अनिवार्य राख्ने र प्रदेश सरकारसँग समन्वय गरेर उनीहरूको परीक्षणको व्यवस्था मिलाएर मात्र घर पठाउने गरेको उनले बताए।
बीबी हेल्पिङ ह्यान्ड्स फर ह्युमानिटीको सहयोग र स्थानीय बासिन्दाको पूर्ण सहयोगमा यो सम्भव भएको वडाध्यक्ष ऐर बताउँछन्। ह्युमानिटीका प्रदेश सल्लाहकार राजबहादुर चन्दले क्वारेन्टाइनका लागि आफूहरूले सक्दो सहयोग गर्ने बताउँछन्।
" /> क्वारेन्टाइनमा बस्नेहरूलाई किन यहाँ बसेको, यहाँ बस्दा के के गर्नुपर्छ, अनि यहाँबाट घर गएपछि गर्नुपर्ने के हो सम्पूर्ण जानकारी गराइन्छ।११ जेठदेखि शुरु गरिएको यस क्वारेन्टाइनमा बिहान ८ बजे चिया, नास्ता (अण्डा, मकै, चना), दिउँसो ११ बजे दाल, मसिनो चामलको भात (सातामा तीन दिन मासु), तरकारी, दिउँसो खाजा र साँझ ७ बजे खाना खुवाउने गरिएको क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्ष बलबहादुर ऐरले बताए।

">