तनहुँमा थपिए पाँच संक्रमित

काठमाडौं। तनहुँमा कोरोना भाइरसका पाँचजना संक्रमित थपिएका छन्।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहान पौने ६ बजे दिएको जानकारीअनुसार तनहुँको घिरिङ गाउँपालिकाका पाँचजनामा संक्रमण पुष्टि भएको हो।

४५, २२, २७, २७ र ४६ वर्षका पुरुषमा संक्रमण देखिएको छ। उनीहरू सबै गाउँपालिकाको क्‍वारेन्टाइनमा बसिरहेका थिए।

संक्रमण पुष्टि भएलगत्तै उनीहरूलाई शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला श्‍वासप्रश्‍वास केन्द्रको आइसोलेसनमा भर्ना गरिएको छ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई सय चार पुगेको छ।

प्रतिक्रिया दिनुहोस्