हरेजसोले एक घण्टामा १६ पटकजसो अनुहारमा हात लैजान्छन्। मास्क लगाउँदा हातले सोझै नाक, मुखमा छुन पाउँदैन।
चश्मा लगाएपछि आँखामा पनि हात जाँदैन। तर घरबाट निस्कँदा मास्क लगाइसकेपछि घर फर्केर साबुन-पानीले हात नधुँदासम्म मास्क खोल्नुहुँदैन। कथंकदाचित् खोल्नैपरे भौतिक दूरी कायम गर्नुपर्छ र कम्तिमा स्यानिटाइजरले हात सफा गर्नुपर्छ।
भौतिक दूरी कायम गर्दागर्दै र मास्क लगाउँदा लगाउँदै पनि कोरोना भाइरसको संक्रमणबाट जोगिन साबुन पानीले हात धुन भने बिर्सनुहुँदैन। साबुन पानीले हात धुँदा भाइरस नष्ट हुने भएकाले संक्रमणबाट जोगिन सकिन्छ। साबुन पानीले कसरी काम गर्छ भन्ने विस्तृतमा थाहा पाउन यो लेख पढ्नुहोस्ः

बाहिर निस्कँदै हुनुहुन्छ ? भौतिक दूरी कायम गर्नुहोस्, मास्क लगाउनुहोस्

काठमाडौं। बिस्तारै लकडाउन खुकुलो हुँदैछ। सरकारले पैदल यात्रीलाई छुट दिएको छ। निजी सवारी साधन भएकालाई पनि नियमअनुसार चलाउन दिएको छ। तपाईं पक्कै पनि घरबाहिर जाँदै हुनुहुन्छ। तर, नबिर्सनुस् कोभिड-१९ महामारी समाप्त भइसकेको छैन।

दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्ने क्रम पनि घटेको छैन। अर्थात् जोखिम कम भइसकेको छैन। त्यसैले घरबाहिर निस्कँदा जोखिम कम गर्ने उपाय अपनाउनैपर्छ। जोखिम गर्ने प्रमुख उपाय हो, भौतिक दूरी।

कोभिड-१९ प्रकोप शुरु हुनासाथै विश्‍व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी अपनाउनुपर्ने सुझाव दियो। त्यसपछि संसारैभरी ‘सामाजिक दूरी’को अभ्यास शुरु भयो। सामाजिक जमघट कम गर्ने सन्देश दिनका लागि ‘सामाजिक’ भनिएता पनि यसको खास अर्थ व्यक्ति-व्यक्तिबीच सामाजिक रुपमा नभई भौतिकगत रुपमा दूरी कायम गर्ने भनिएकाले नेपालमा ‘भौतिक दूरी’ भन्‍ने शब्दावली व्याप्त भएको छ।

सामाजिक निकटताका अनेकौं माध्यम हुन्छन् त्यसमध्ये एक भौतिक निकटता हो। विश्‍व स्वास्थ्य संगठनले सामाजिक निकटता नभई भौतिक निकटता कायम नगर्न भनेको हो।

मानिसहरुबीच कम्तिमा दुई मिटरको दूरी कायम गरी सम्बन्ध, सम्पर्क स्थापना गर्ने अभ्यास नै भौतिक दूरी हो।

आखिर किन चाहिन्छ त भौतिक दूरी ?

यसका लागि कोरोना भाइरस कसरी फैलिन्छ भन्‍ने बुझ्नुपर्छ। कुनै पनि भाइरस आफै चलायमान हुँदैन। यसका लागि एक स्थानबाट अर्कोमा जान कुनै माध्यम चाहिन्छ। नोबल कोरोना भाइरस संक्रमित व्यक्ति खोक्दा वा हाँच्छ्यु गर्दा निस्कने थुकका छिटाहरुबाट प्रसारण हुन्छ। संक्रमित व्यक्तिको नजिकले खोक्दा वा हाँच्छ्यु गर्दा थुकका छिटा खसेका ठाउँमा यी भाइरस हुन्छन्।

ती थुकका छिटा भएका ठाउँमा हात गयो भने हाम्रा हत्केलामा पनि भाइरस टाँसिन्छन्। त्यही हत्केलाले आँखा, नाक, मुख छुँदा यी भाइरस शरीरभित्र जान्छन् र हामीलाई पनि संक्रमित बनाउँछन्।

त्यसैले संक्रमित व्यक्ति खोक्दा वा हाँच्छ्यु गर्दा निस्कने थुकका छिटा सोझै अन्य व्यक्तिमा नपरुन् भनेर भौतिक दूरी कायम गर्न भनिएको हो।

तर, भौतिक दूरी कायम गर्दा मात्रै संक्रमणको जोखिम न्यून हुँदैन। भौतिक दूरीका साथसाथै मास्कको प्रयोग गर्ने र बारम्बार हात धुने गर्नुपर्छ।

संक्रमित व्यक्तिले मास्क लगाउँदा खोक्दा वा हाँच्छ्यु गर्दा भाइरस बाहक थुकका छिटाहरु बाहिर जान पाउँदैनन्। त्यस्तै स्वस्थ मानिसले मानिसले मास्क लगाउँदा हावामा आएका भाइरसवाहक थुकका छिटा अनुहारसम्म आउन पाउँदैनन्।

त्यसबाहेक मास्कको अर्को फाईदा पनि छ। अधिकांशको बानी बारम्बार अनुहार छोइरहने हुन्छ। एक अध्ययनका अनुसार हरेजसोले एक घण्टामा १६ पटकजसो अनुहारमा हात लैजान्छन्। मास्क लगाउँदा हातले सोझै नाक, मुखमा छुन पाउँदैन।

चश्मा लगाएपछि आँखामा पनि हात जाँदैन। तर घरबाट निस्कँदा मास्क लगाइसकेपछि घर फर्केर साबुन-पानीले हात नधुँदासम्म मास्क खोल्नुहुँदैन। कथंकदाचित् खोल्नैपरे भौतिक दूरी कायम गर्नुपर्छ र कम्तिमा स्यानिटाइजरले हात सफा गर्नुपर्छ।

भौतिक दूरी कायम गर्दागर्दै र मास्क लगाउँदा लगाउँदै पनि कोरोना भाइरसको संक्रमणबाट जोगिन साबुन पानीले हात धुन भने बिर्सनुहुँदैन। साबुन पानीले हात धुँदा भाइरस नष्‍ट हुने भएकाले संक्रमणबाट जोगिन सकिन्छ। साबुन पानीले कसरी काम गर्छ भन्‍ने विस्तृतमा थाहा पाउन यो लेख पढ्नुहोस्ः

कोभिड-१९ सँग जोगिन किन बारम्बार हात धुनुपर्छ ? साबुनले कसरी मार्छ कोरोना भाइरस ?