संयुक्त राष्ट्रसंघमा ३१ जुलाईसम्म ‘वर्क फ्रम होम’

न्युयोर्क। संयुक्त राष्‍ट्रसंघले ३१ जुलाईसम्म ‘वर्क फ्रम होम’ व्यवस्था कायम राख्‍ने भएको छ।

महासचिव एन्टोनियो गुटरेसका अनुसार कूटनीतिज्ञ, कर्मचारी र सञ्‍चारकर्मीका लागि संयुक्त राष्‍ट्रसंघलाई चार चरणमा खोल्ने योजना ल्याएका हुन्।

वरिष्‍ठ अधिकारीहरूसँग विचार-विमर्शपछि यस्तो निर्णय लिइएको गुटरेसले बताए।

“हामी हालको व्यवस्थापनका बारेमा समीक्षा गरिरहने छौं र विस्तारै राष्‍ट्रसंघीय मुख्यालय परिसर प्रवेशमा गरिएको कडाइ खोल्दै जानेछौं,” उनले भने।

अमेरिकाको जोन हकिन्स विश्‍वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार विश्‍वभरमा करिब ७६ लाख मानिस संक्रमित भइसकेका छन्। यस्तै, चार लाख २३ हजारले ज्यान गुमाएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्