भारत-चीन सीमामा सडक बनाउँदै भारत

नयाँदिल्ली। भारत र चीनको सीमामा भारतले एकतर्फी रूपमा सञ्‍चालन गरिरहेको विकास परियोजनालाई लिएर चीनले आपत्ती जनायो।

गालवन उपत्यकामा दुई मुलुकका सैन्य तहमा तनाव उत्पन्‍न हुने परिस्थिति वार्ताको माध्यमबाट हटाउने प्रयास जारी छ।

यहीबीचमा भारतले सीमामा विकासका काम जारी राख्‍न झारखण्डबाट मजदुर लैजाँदै गरेको खुलेको छ।

बीबीसीका अनुसार भारत र चीनबीचको सीमामा सडक निर्माणका लागि एक हजार ६ सय मजदुरलाई लगिँदैछ। ती मजदुर चढेको विशेष रेललाई झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले हरियो झण्डा देखाएर सीमातर्फ पठाएका छन्।

ती मजदुरलाई सीमामा पठाउन ‘बोर्डर रोड अर्गानाइजेसन’ (बीआरओ) र झारखण्ड राज्य सरकारबीच सम्झौता भएको छ। बीआरओले उनीहरूलाई लद्दाख लिएर जाँदैछ। त्यहाँ पुग्नासाथ सीमामा सडक निर्माणमा लगाइने बीआरओले जनाएको छ।

झारखण्डबाट मजदुर लगिँदै गरेको यो पहिलो चरण हो। खासमा करिब तीन हजार पाँच सय जनालाई सीमामा पुर्‍याउने बीआरओको योजना छ।

उनीहरूलाई रणनीतिक महत्त्वको दार्बुक-स्योक-दौलत बेग ओल्डी सडक कालोपत्रे गर्न खटाइनेछ । सीमामा खटिएका भारतीय सेनालाई ‘लजिस्टिक्स’ आपूर्तिका लागि उक्त सडक निर्माण गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्