क्वारेन्टाइनमा बसेकी महिलामाथि याैन दुर्व्यवहार गरेकाे आरोपमा तीनजना पक्राउ <p>कैलाली। क्वारेन्टाइनमा बसेकी एक महिलालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा कैलाली प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएकाे छ।</p> <p>लम्कीचुहा नगरपालिका-१ स्थित सहिद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीय महिलाले आफूमाथि याैन दुर्व्यवहार गरेकाे बताएपछि ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ।</p> <p>पीडित महिलाले क्वारेन्टाइनमा स्वंयमसेवकको रूपमा राखिएका तीनजनाले दुर्व्यवहार गरेको बताएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।</p> <p>घटनाकाे थप अनुसन्धान भइरहेकाे उनकाे भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्