काठमाडौं। आज बागबजारको टुकुचा तरकारी बजारमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो।
हरेक तीन महिनामा हुँदै आएको कार्यक्रममा ६० जना भन्दा बढीले रक्तदान गरेका छन्।
त्यस क्षेत्रका व्यापारीहरु तथा अन्य क्षेत्रका व्यक्तिहरूले रक्तदान गर्दै आएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष महोम्मद हुसेनले जानकारी दिए।
पुरानो बसपार्क, इचुमती कृषि तरकारी बजार र युवा समूहको समेत रक्तदान कार्यक्रममा सहभागिता रहँदै आएको छ।
" /> काठमाडौं। आज बागबजारको टुकुचा तरकारी बजारमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो।

">