सुदूरपश्‍चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
कैलाली। सुदूरपश्चिममा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ९ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।
आज पुष्टि भएकामध्ये सातजना पुरुष र दुईजना महिला रहेका छन्।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या २६४ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्