पछिल्लो २४ घण्टामा ४२५ जनामा कोरोना संक्रमण, नेपालमा कूल संक्रमित पाँच हजार ७६०

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४२५ जना नयाँ संक्रमित थपिएका छन्।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२५ जना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका आज थप भएका ४२५ जना संक्रमित सँगै नेपालमा आजसम्म कूल पाँच हजार ७६० जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ।

आज थप संक्रमितहरूमा भेरी अस्पताल नेपालगञ्जमा गरिएको नमुना परीक्षणमा रुकुम पश्चिमका एकजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य विराटनगरमा गरिएको नमूना परीक्षणमा मोरङका २५, सुनसरी १, झापा १, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका १० जना, नारायणी उपक्षेत्रीय अस्पताल विरगञ्जमा पर्साका १७, बाराका ९, सर्लाहीका १ र रौतहट ७ जनामा संक्रमण पुष्‍टि भएको छ।

त्यस्तै प्रादेशिक प्रयोगशाला पोखरामा नवलपरासीपूर्वका २ जना, सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा बझाङका ५, डडेल्धुरा २४, डोटीका ३, कैलालीका १२ र कञ्चनपुर २० जना, भेरी अस्पताल गरिएको परीक्षणमा बर्दिया ३, बाँके ३ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्युठानका २ र दाङका ५४ जनामा संक्रमण पाइएको छ।

प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको नमुना परीक्षणमा रौतहटका १७ र धनुषाका १ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रामेछापका २ जना, प्रदेश जनस्वास्थ्य कार्यालय रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ८, नवलपरासी पश्चिमका २, रुपन्देहीका २० र पाल्पा १७ जनामा कोभिड-१९ पोजिटिभ फेला परेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुर्खेत अस्पतालको प्रयोगशालामा सुर्खेतका ४० र दैलेख २९ जना, किटजन्य प्रयोगशाला हेटौडमा रौतहटका १ र सिन्धुली १ जना रहेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा धादिङका २५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा गरिएको परीक्षणमा रौतहटका ५१, रुपन्देहीका ६ र सर्लाहीका ५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्