काठमाडौं। समाचारको विषयलाई लिएर काठमाडौं प्रेस डटकमका प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै सुगेम ट्राभल्स एजेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको भन्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका छन्।
प्रबन्ध सम्पादक परियारका अनुसार २५, २६ र ३० जेठमा चार्टर्ड उडानमा महँगो भाडा असुलेका विषयमा विभिन्न शीर्षकमा समाचार प्रकाशित गरेको निहुँमा धम्की आएको बताइएको छ।
आज बिहान फोन गरेर केसीले समाचार के आधारमा लेखियो, प्रमाण के छ भन्दै अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्काएको परियारले महासंघलाई जानकारी गराएको उल्लेख छ।
महासंघले समाचारको विषयमा चित्त नबुझे वा गुनासो रहे कानूनी उपचार खोज्ने विधिलाई बेवास्ता गर्दै पत्रकारलाई ठाडो चुनौती दिँदै सिध्याइदिने धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको जनाएको छ।
परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र पत्रकारको सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको छ।
" /> काठमाडौं। समाचारको विषयलाई लिएर काठमाडौं प्रेस डटकमका प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै सुगेम ट्राभल्स एजेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको भन्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका छन्।

">