काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ।
महाशाखा मातहतका ३४ वटा ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरीहरू परिचालन गरी कोभिड-१९ बाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउने विशेष अभियान आजदेखि शुरू गरेको छ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले महामारीविरुद्ध नागरिकलाई सचेतना जगाउन, सामाजिक दूरीको पालना गराउन तथा सवारीसाधनहरूमा हुने भीडभाड कम गराउन सडकमा प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली खटाइएको बताए।
सडक प्रयोगकर्ताहरूमा हुने जोखिमलाई मध्यनजर गरी प्रहरीले उपत्यकाका मूख्य चोक र भीडभाड हुने क्षेत्रमा यस्तो अभियान चलाएको हो।
सडकमा उभिएका ट्राफिकहरूले 'सधैँ मास्क लगाएर यात्रा गरौँ, जोर विजोर नियम पालना गरौँ', 'सवारीसाधनमा सामाजिक दूरी कायम गरौँ', 'जथाभावी हिडँडुल नगरौँ', 'ट्राफिक नियमको पालना गरौँ' जस्ता प्लेकार्ड बोकेका छन्।
यो विशेष अभियानमा महाशाखा तथा मातहतका ट्राफिक कार्यालयहरूवाट काठमाडौं उपत्यकाको ८२ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरीहरू परिचालन गरिएको ढकालले बताए।
यो टोली प्रत्येक दिन विहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म प्लेकार्ड बोकेर सडकमा उभिनेछन्।
उनले भने, “यस विशेष टोलीले सधैँ मास्क लगाएर यात्रा गर्न, जोर-विजोर नियम पालना गर्न, सामाजिक दूरी कायम गर्न, जथाभावी हिडँडुल नगर्न, भीडभाड गरी नबस्न र ट्राफिक नियमको पूर्ण पालना गर्न विशेष अनुरोध गर्नेछन्।”
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ।महाशाखा मातहतका ३४ वटा ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरीहरू परिचालन गरी कोभिड-१९ बाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउने विशेष अभियान आजदेखि शुरू गरेको छ।

">