काठमाडौं। १ असारबाट देशभर नै वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाइ शुरू हुँदैछ।

विश्वव्यापी महामारी कोभिड-१९ का कारण चैतबाट बन्द रहेका शैक्षिक संस्थालाई बिस्तारै सुचारू गर्ने सरकारको नीति बमोजिम वैकल्पिक सिकाइ शुरू हुन लागेको हो। महामारीका कारण प्रत्यक्ष कक्षाहरू सञ्चालन नभए पनि विभिन्न वैकल्पिक माध्यमबाट विद्यार्थीलाई घरमै पठनपाठन गराइँदैछ।

शिक्षा मन्त्रालयले वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्न निर्देशिका जारी गरेको छ। निर्देशिकाले विद्यार्थीहरूलाई पाँच भागमा विभाजन गरेर स्वअध्ययन सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफलाइनबाट कक्षा सञ्चालन गर्ने निर्देशन दिएको छ।

सोही निर्देशनअनुसार ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्र’ले टेलिभिजनमार्फत् हुने कक्षा सञ्चालनको समय तालिका सार्वजनिक गरेको छ। तालिकाअनुसार कक्षा १ देखि ८ सम्मका पाठकहरू एनटिभी प्लस च्यानलबाट प्रसारण हुनेछ। त्यस्तै कक्षा ९ र १० को विषयगत पाठहरू भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कूल एजुकेसन च्यानलबाट प्रसारण हुनेछ।

निजी विद्यालयको बेग्लै तालिका

सरकारको निर्देशनअनुसार वैकल्पिक माध्यमबाट सिकाइ सुचारू गर्न निजी विद्यालयहरूको संस्था प्याब्सन र एनप्याब्सनले तीनवटा टेलिभिजनमार्फत् कक्षा सञ्चालन गर्नेगरी बेग्लै तालिका प्रकाशन गरेको छन्।

प्याब्सनले कक्षा सञ्चालनका लागि तीनवटा टेलिभिजन च्यानलसँग सम्झौता गरेको छ। जनता टिभी, टिभी टुडे, र योहो टिभीमार्फत् अध्यापन गर्ने गरी तालिका प्रकाशन गरिएको छ। त्यस्तै सम्बन्धित जिल्लामा रहेका रेडियोसँग पनि सम्झौता भइसकेको प्याब्सनका महासचिव कुमार घिमिरेले जानकारी दिए।

शहरी क्षेत्रमा रहेका बालबालिकाका लागि भर्चुअल कक्षा सञ्चालन गरिने घिमिरेले बताए। इन्टरनेटको पहुँच नपुगेका क्षेत्रका विद्यार्थीका लागि भने टिभी, रेडियो तथा पुस्तक वितरण गरिने उनको भनाइ छ। प्याब्सन र एन प्याब्सन दुवै मिलेर आफ्ना संस्थामा आवद्ध स्कूलका विद्यार्थीहरूलाई उक्त विधिमार्फत् अध्यापन गराउन लागेका हुन्।

निजी विद्यालयका कक्षा सञ्चालनका लागि फरक-फरक टेलिभिजन तोकिएको छ। ७, ८, ९ र १० का विद्यार्थीको कक्षा जनता टेलिभिजनमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रसारण हुनेछ।

कक्षा २ देखि ६ सम्मका विद्यार्थीको कक्षा टिभी टुडेमा दिउँसो २ बजेर ५५ मिनेट देखि ५ बजेसम्म प्रसारण हुनेछ। योहो टिभीबाट नर्सरी, एलकेजी, युकेजी र एक कक्षाका विद्यार्थीलाई दिउँसो १२ बजेर ५५ मिनेटदेखि ३ बजेसम्म पढाइनेछ। त्यस्तै टिभी टुडेको अर्को च्यानल टिभी वानमार्फत् टिभी टुडेबाट प्रसारण हुने शिक्षण सिकाइको रेकर्ड प्रसारण हुनेछ।

सुस्त छ सरकारी विद्यालयको तयारी

सरकारले वैकल्पिक सिकाइ प्रणालीलाई जोड दिए पनि सामुदायिक विद्यालयहरूको तयारी भने सुस्त छ। सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाइएका कारण पनि शिक्षकहरू विद्यालय जान नपाउँदा तयारी हुन नसकेको हो।

“विद्यालयले आवश्यक कार्ययोजना बनाउनका लागि विद्यालय नखोली हुँदैन। अनि कसरी १ असारबाट यो काम गर्न सकिन्छ ?” बाजुराको रामेश्वरी माविका प्रधानाध्यापक वीरेन्द्र चौधरीले भने। अझै पनि शिक्षक तथा कर्मचारीहरू लकडाउनका कारण विद्यालयमा फर्किन सक्ने अवस्था नरहेको उनको भनाइ छ।

५६ लाख विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयका अधिकांश भवन क्वारेन्टाइन बनाइएका छन्। तीमध्ये धेरैमा त १ असारबाट विद्यालय खुले पनि शिक्षक जान सक्ने अवस्था छैन। विद्यार्थीलाई उपलब्ध गराउन पाठ्यपुस्तक, स्वअध्ययन सामग्री दिन सक्ने अवस्था नरहेको प्रअ चौधरी बताउँछन्।

प्रदेश सरकारहरूले पनि विद्यालय सञ्चालनबारे प्रभावकारी तयारी गर्न सकेका छैनन्। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेका विद्यालयको तयारी भने फितलो छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा सञ्चालन अझै छलफल तथा कार्ययोजना बनाउने चरणमै रहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख झंकरबहादुर विष्टले पाठ्यपुस्तकहरू अभिभावकमार्फत् विद्यार्थीको घर–घरमा पुर्‍याइएको बताए।

पहाडी जिल्लाका अधिकांश विद्यालयमा क्वारेन्टाइन रहेकाले समस्या भइरहेको उनले बताए। “वैकल्पिक शिक्षण अभ्यासका लागि शिक्षक कर्मचारी त विद्यालयमा हुनुपर्‍यो। तर, लकडाउन तथा क्वारेन्टाइन निर्माण गरिएका कारण जान पाएका छैनन्”, उनले भने।

कैलाली र कञ्चनपुरमा अनलाइन, रेडियो, टेलिभिजनको माध्यमबाट अध्यापन गराइने उनको भनाइ छ। तर, पहाडी जिल्लामा भने रेडियोमार्फत् पढाउन पनि समस्या हुने उनले बताए। रेडियो पहुँचको सबैसँग नभएकाले पनि समस्या भएको उनले बताए।

स्थानीय तहलाई निर्देशन दिएर आवश्यक तयारी गर्न भनिए पनि सहज नभएको उनले बताए, “हामीले सोचे वा केन्द्रले निर्देशन दिएजस्तो सहज छैन्। स्थानीय पालिकाहरू कोरोना महामारीसँग जुधिरहेका छन्। यस्तो अवस्थामा अन्यतिर ध्यान नै गएको छैन।”

गाउँघरमा नै भौतिक दूरी कायम गर्दै अभिभावक तथा जान्नेबुझ्ने मान्छेले नै विद्यार्थीहरूलाई पढाउनुपर्ने उनको भनाइ छ। “गाउँघरमा जान्नेबुझ्ने मान्छेहरूले विद्यार्थीलाई भौतिक दूरी कायम गराएर पढाउनुपर्छ। सरकारले उपलब्ध गराएको वैकल्पिक पाठ्यपुस्तकलाई नै आधार बनाउन सकिन्छ”, उनले भने।

कर्णाली प्रदेशमा पनि वैकल्पिक विधिमार्फत् पढाउन त्यति सजिलो छैन। पाँच लाख ६८ हजार विद्यार्थी रहेको कर्णाली प्रदेशमा ५ प्रतिशतसँग टेलिभिजन, १८ प्रतिशतसँग अनलाइन तथा ८४ प्रतिशतसँग रेडियोको पहुँच छ।

केही विद्यार्थी भने सबैजसो माध्यमबाट टाढा छन्। उनीहरूलाई पाठ्यपुस्तक तथा स्वअध्ययन सामग्री समेत पुर्‍याउन समस्या छ। डोल्पा, हुम्ला, मुगु जस्ता हिमाली जिल्लामा भने स्वअध्ययन नै गर्नुपर्ने शैक्षिक महाशाखा प्रमुख विष्णु अधिकारीले जानकारी दिए।

शिक्षकहरू नै सक्रिय भए मात्र यो विधिमार्फत् विद्यार्थीलाई पढाउन सम्भव भएको उनको भनाइ छ। प्रदेश सरकारले स्थानीय सरकारको शिक्षा शाखालाई निर्देशन दिइसकिएको बताए।

१३ लाख विद्यार्थी रहेको प्रदेश ५ ले केन्द्र सरकारको कार्ययोजना तथा निर्देशनअनुसार नै स्थानीय पालिकालाई निर्देशन दिएको छ। तर, यो कुनै उपलब्धिमूलक नहुने प्रदेश सरकारको ठहर छ।

“विद्यालयहरू क्वारेन्टाइनले भरिएका छन्। शिक्षक कर्मचारीहरू गाउँघरमै रोकिएका छन्। अनि कसरी हुन्छ ? सबैभन्दा राम्रो भने अभिभावकहरूले नै आफ्ना नानीबाबुलाई पढाउनुपर्छ”, शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख उपसचिव थानेश्वर ज्ञवालीले भने।

इन्टरनेट, टिभी, रेडियो तथा अनलाइनमार्फत् पढाउने भनेको देखाउने दाँत मात्र भएको भन्दै यसबाट विद्यार्थी केही फाइदा नपुग्ने उनको भनाइ छ। तैपनि प्रदेश सरकारले स्वअध्ययन सामग्री, पाठ्यपुस्तक लगायतका सामग्री सम्बन्धित ठाउँसम्म पुर्‍याइसकिएको बताए।

रेडियो तथा टेलिभिजनमा समेत आवश्यक पाठ्यसामग्री प्रदान गरिएको भन्दै समयतालिका निर्माण गर्न बाँकी रहेको उनले बताए।

गण्डकी प्रदेश, बागमती प्रदेश, २ नम्बर प्रदेश तथा १ नम्बर प्रदेशमा पनि आवश्यक तयारी भइरहेको छ। कतै छलफलकै क्रममा छ भने कतै पाठ्यपुस्तक पुर्‍याउने, रेडियो टेलिभिजन सामग्री तयार पार्नेलगायतका काम भइरहेका छन्।

१ असारबाट विद्यालय खुलेपछि मात्र थप तयारी विद्यालयले गर्ने सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको शैक्षिक अनुसन्धान तथा अध्यययन महाशाखाले जनाएका छन्।

" /> काठमाडौं। १ असारबाट देशभर नै वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाइ शुरू हुँदैछ।

"> यस्तो त छ वैकल्पिक शिक्षा तालिका : सरकारी र निजीको बेग्लाबेग्लै तयारी: Dekhapadhi
यस्तो त छ वैकल्पिक शिक्षा तालिका : सरकारी र निजीको बेग्लाबेग्लै तयारी

प्रतिक्रिया दिनुहोस्