काठमाडौं। कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखमा ३७ र सुर्खेतमा १५ जनामा कोरोना संक्रमण फेला परेको हो।
महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ३५ र सुर्खेतका १५ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा दैलेखका २ जनामा कोरोना संक्रमण देखिएको छ।
संक्रमितहरू १६ देखि ५८ वर्ष उमेर समूहका छन्। ५२ जनामध्ये एकजना महिला रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
पछिल्लो पटक थपिएका संक्रमितहरूसहित कर्णाली प्रदेशमा कूल संक्रमित ९६७ जना पुगेका छन्।
अहिलेसम्म यस प्रदेशमा ९४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। संक्रमण पुष्टि भएकामध्ये तीनजनाको मृत्यु भएको छ।
" /> काठमाडौं। कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखमा ३७ र सुर्खेतमा १५ जनामा कोरोना संक्रमण फेला परेको हो।

">