आईसीयूमा उपचाररत पुरुषमा कोरोना संक्रमण

कैलाली। धनगढीस्थित नवजीवन अस्पतालमा उपचार गराइरहेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

कैलालीको गोदावरी नगरपालिका ७ का ४३ वर्षीय पुरुषमा हिजो राति ११ बजे संक्रमण पुष्टि भएको हो। उनी सार्वजनिक यातायातका सदस्य हुन्। दुई दिनदेखि नवजीवन अस्पतालको आईसीयूमा उनी उपचार गराइरहेका थिए।

आकस्मिक केस भएका कारण हिजो राति धनगढीस्थित प्रयोगशालामा जाँच गर्दा उनमा कोभिड-१९ पोजिटिभ पाइएको हो। आईसीयूमा उनको सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा राखिएको अस्पतालका निर्देशक डा. विदुरमणि ढकालले बताए।

संक्रमण पुष्टि हुनासाथ हिजो राति नै उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ।

कञ्‍चनपुरस्थित भारतसँगको सिमानाबाट नेपाल भित्रिने नेपालीलाई क्‍वारेन्टाइनसम्म पुर्‍याउनमा उनको सकृय भूमिका रहेको बुझिएको डा. ढकालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्