कर्णाली प्रदेशमा ६९ जना संक्रमित थपिए

काठमाडौं । कर्णाली प्रदेशमा थप ६९ जना नयाँ संक्रमित थपिएका छन्।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका ४० र दैलेखका २९ जनामा संक्रमण पुष्टि भएको छ। योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या नौ सय १५ पुगेको छ।

कर्णाली प्रदेशमा हालसम्म कोभिड-१९ को संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको छ भने ९१ जना डिस्चार्ज भएका छन्।

कर्णाली प्रदेशमा सबैभन्दा धेरै संक्रमित दैलेखका छन्। त्यहाँ हालसम्म पाँच सय एकजनामा संक्रमण देखिएको छ।

सुर्खेतमा १९७ र सल्यानमा १३७ जना संक्रमित भेटिएका छन्। हुम्ला १, मुगु २, डोल्पा १, जुम्ला २४, कालिकोट २८, जाजरकोट ८ जना छन्।

रुकुमपश्चिममा हालसम्म संक्रमित देखिएका छैन। कर्णालीमा संक्रमण पुष्टि भएका १६ जना भने अन्य प्रदेशको रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्