भारतमा एकै दिन करिब १२ हजार संक्रमित थपिए
नयाँदिल्ली। भारतमा एकै दिन कोरोना भाइरसका ११ हजार नौ सय २९ नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा कोभिड-१९ का कारण तीन सय ११ जनाले ज्यान गुमाएका छन्।

नयाँ आँकडासहित भारतमा कोरोना संक्रमितको संख्या तीन लाख २० हजार नौ सय २२ पुगेको छ।

तीमध्ये एक लाख ४९ हजार तीन सय ४८ जनामा भाइरस सक्रिय अवस्थामा छ। एक लाख ६२ हजारभन्दा बढी बिरामी उपचारपछि घर फिरिसकेका छन्।

भारतमा कोभिड-१९ का कारण हालसम्म नौ हजार एक सय ९५ जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्