हिमालय एअरलाइन्सको साउदी उडान स्थगित <p>काठमाडौं। साउदी अरबको दमामका लागि १ असारमा तय भएको हिमालय एअरलाइन्सको उडान स्थगित भएको छ। हिमालय एअरलाइन्सले नेपाली दूतावासलाई दिएको जानकारीअनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि उडान स्थगित भएको हो। &nbsp;</p> <p>उक्त उडानमार्फत नेपाली नागरिकहरू स्वदेश फर्किने तयारीमा थिए। नयाँ उडान मिति र नयाँ हवाई भाडादरबारे अर्को सूचनामा जानकारी गराउने एअरलाइन्सले बताएको छ।&nbsp;</p> <p>हवाई उडानका लागि आवश्यक पर्ने आरडीटी वा पीसीआर परीक्षण तत्काल नगर्न रियादस्थित नेपाली दूतावासले अनुरोध गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्