विदेशमा नौ हजार नेपाली कोरोना मुक्त

काठमाडौं। विदेशमा बसिरहेका करिब नौ हजार नेपाली कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार उनीहरू डेनमार्क, नेदरल्यान्ड्स, अस्ट्रेलिया, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियमलगायत १५ देशमा बस्छन्।

ती मुलुकमा बसोबास गरिरहेका १७ हजार सात सय ९२ नेपाली कोरोना भाइरसबाट संक्रमित भएका थिए। बाँकी करिब आठ हजार सात सयजना उपचारमा छन्।

विदेशमा रहेका एक सय २७ नेपालीले हालसम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा बेलायत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड्स, स्विडेनलगायत मुलुकमा बसिरहेका नेपाली छन्।

आठ सातायता लगातार नेपालीले ज्यान गुमाइरहेका थिए। यो साता भने मृत्युको शृंखला रोकिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्