गुल्मीमा कोरोना संक्रमितको मृत्यु
तम्घास । गुल्मीमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको तम्घास अस्पतालका डा. कविराज भुसालले जानकारी दिए ।

उनी २ जेठमा भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए । जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका बेला १२ जेठमा उनमा कोरोना पुष्टि भएको थियो ।

त्यसलगत्तै थप उपचारका लागि १३ जेठमा उनलाई तम्घासस्थित आइसोलेसनमा राखिएको थियो । उनी दुई वर्षदेखि अर्बुद र पायल्सका रोगी थिए ।

थप उपचारका लागि बुटबल लैजानुपर्ने भए पनि उनले अस्वीकार गरेको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित जंगलमा शव व्यवस्थापन गरेको छ । यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् ।

यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटवलमा निधन भएको थियो । जिल्लामा कुल कोरोना संक्रमित ११ जना छन् । तीमध्ये दुईजना कोरोना जितेर घर फर्केका छन् । रासस

प्रतिक्रिया दिनुहोस्