रिपोर्ट नआई घर पठाएको बताउँदै वडा कार्यालय घेराउ <p>कैलाली। क्&zwj;वारेन्टाइनमा बसेकाहरूको कोभिड-१९ को रिपोर्ट नआई घर पठाएको बताउँदै डडेलधुरामा वडा कार्यालय घेराउ गरिएको छ।</p> <p>डडेल्धुराको नवदुर्गा गाउँपालिका १ को क्&zwj;वारेन्टाइनमा बसेकाहरूको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो। उनीहरूको पीसीआर रिपोर्ट नआई घर पठाएको बताउँदै वडा कार्यालय घेराउ गरिएको हो।</p> <p>स्थानीयवासीले हिजो साँझ वडा कार्यालय अगाडि टायर बालेर विरोध गरेका हुन्। क्&zwj;वारेन्टाइनमा रहेका ५६ जनाको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो। पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाइएको छ।</p> <p>रिपोर्ट नआउदै घर पठाउँदा जोखिम बढेकाले विरोध जनाइएको स्थानीय टंक अवस्थीले बताए। स्थानीय सरकारको हचुवा निर्णय मान्य नहुने उनले बताए।</p>
प्रतिक्रिया दिनुहोस्