पेरुका ती चिकित्सक, जसले कोरोना संक्रमितलाई दिए रसायन खाने सल्लाह

लिमा। दक्षिण अमेरिकी मुलुक पेरुका एक चिकित्सक कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई घातक औषधि खाने सल्लाह दिएपछि बर्खास्त भएका छन्।

उनले क्लोरिन डाइअक्साइड नामक रसायन खाएमा कोभिड-१९ को बिरामी निको हुने भ्रम मानिसमा फैलाउन खोजेका थिए। उनको भनाइ सार्वजनिक हुनासाथ सरकारले उनलाई पदबाट हटाएको छ।

डा. अमिलकार वांकावारी पेरुको दक्षिणी प्रान्त आयाइचोमा रेस्पोन्स टीमका प्रमुख थिए।

क्लोरिन डाइअक्साइड कीटनाशक रसायन हो, जसको प्रयोग उद्योगहरूमा गर्ने गरिन्छ। मानिसका लागि यो घातक रसायन हो।

डा. वांकावारीले जसलाई कोरोना भाइरसको लक्षण देखिन्छ, तत्काल उक्त कीटनाशक दिनुपर्ने बताएका थिए। त्यसबाट बिरामीको स्वास्थ्यमा सुधार देखिएको दाबी उनको थियो।

प्रान्तका गभर्नर कार्लोस रुआले उनको अभिव्यक्ति आउनासाथ पदबाट बर्खास्त गरिएको घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्