काठमाडौं। इर्लिङ हालान्डले अन्तिम मिनेटमा गरेको गोलमा बोरुसिया डर्टमण्डले आज जर्मन बुन्डेसलिगामा डुसेलडोर्फमाथि १-० को संघर्षपुर्ण विजय हासिल गरेको छ।
जितसँगै डर्टमण्डले शीर्ष क्लब बायर्न म्युनिखसँगको दूरी चार अंकमा छोट्याएको छ। राफेल गुइरेरोले ६५औं मिनेटमा गरेको गोललाई भिडिओ सहायक रेफ्री (भीएआर)ले गोलको मान्यता नदिएपछि डर्टमण्ड बराबरीमा रोकिने सम्भावना बढेको थियो।
तर, वैकल्पिक खेलाडी हालान्डले इन्जुरी समयको पनि अन्तिम मिनेटमा हेडमार्फत् गोल गर्दै डर्टमण्डको तीन अंक पक्का गरेका थिए। ६१औं मिनेटमा एलेक्स विट्सेलको स्थानमा मैदान छिरेका हालान्डले म्यानुयल अकान्जीको क्रसलाई हेडमार्फत् पोष्टको दिशा दिएका थिए।
१९ वर्षे हालान्डको बुन्डेसलिगामा १२ खेलमा यो ११औं गोल हो। हालान्डको गोलसँगै तीन अंक पक्का गरेको डर्टमण्डले शीर्ष क्लब बायर्नसँगको दूरी चार अंकमा छोट्याएको छ।
बायर्नले एक खेल कम खेलेको छ। साविक विजेता बायर्नले आजै घरेलु मैदानमा चौंथो स्थानको बोरुसिया मोन्चेनग्लाडबचसँग प्रतिस्पर्धा गर्नेछ।
लिगमा अब तीन चरणका खेल बाँकी रहँदा डर्टमण्डले तेस्रो स्थानको आरबी लाइपजिगसँगको दूरी पनि चार अंकमा बढाएको छ। पराजित डुसेलडोर्फको भने रेलिगेशन सम्भावना बढेको छ।
डुसेलडोर्फ २८ अंकका साथ १६औं स्थानमा छ। जुन रेलिगेशन प्लेअफ क्षेत्र हो। त्यस्तै, रेलिगेशन क्षेत्रमा रहेको वेर्नर ब्रेमनसँग बराबरी हो।
ब्रेडर ब्रेमनले आज पुछारको टीम पाडरबर्नलाई ५-१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोडेको थियो। अन्य खेलमा छैटौं स्थानको उल्फ्सबर्ग र आठौं स्थानको फ्रेइबर्गले २-२ को बराबरी खेले।
नवौं स्थानको इन्ट्राचट फ्रायङफर्टले हेर्था बर्लिनलाई ४-१ ले हराउँदा युनियन बर्लिनले कोलनमाथि २-१ को विजयी नतिजा निकाल्यो। कोलन ३५ अंकका साथ १२औं स्थानमा छ भने समान अंकका साथ युनियन बर्लिन १३औं स्थानमा छ।
" /> काठमाडौं। इर्लिङ हालान्डले अन्तिम मिनेटमा गरेको गोलमा बोरुसिया डर्टमण्डले आज जर्मन बुन्डेसलिगामा डुसेलडोर्फमाथि १-० को संघर्षपुर्ण विजय हासिल गरेको छ।जितसँगै डर्टमण्डले शीर्ष क्लब बायर्न म्युनिखसँगको दूरी चार अंकमा छोट्याएको छ। राफेल गुइरेरोले ६५औं मिनेटमा गरेको गोललाई भिडिओ सहायक रेफ्री (भीएआर)ले गोलको मान्यता नदिएपछि डर्टमण्ड बराबरीमा रोकिने सम्भावना बढेको थियो।

">