काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउँसो सार्वजनिक गरेको विवरण अनुसार नेपालमा २४ घण्टामा २७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
साँझ सुदूरपश्चिम प्रदेशमा थप ६४ जना संक्रमित भेटिए। स्वास्थय मन्त्रालयले अद्यावधिक गरी नसकेकाले यो संख्यालाई इन्फोग्राफिक्समा समावेश गरिएको छैन।
धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताएका छन्। उनका अनुसार आज पुष्टि भएकामध्ये ५५ जना पुरुष र ९ जना महिला छन्।
बझाङको बिथ्थडचिरका दुईजना, केदारस्यू दुईजना, खप्तडछानाको एकजना, डडेल्धुराको अमरगढी एकजना, नवदुर्गाको २३ जना, डोटीको जोरायलका दुईजना, सायलका एकजना, कैलालीको चुरेका पाँचजना, धनगढीका दुईजना, गोदावरीका दुईजना, लम्की चुहाका एकजना, टीकापुरका एकजना, कञ्चनपुरको पुनर्वासका दुईजना, लालझाडीका १४ जना, महाकालीका तीनजना, वेदकोटका एकजना, कञ्चनपुरकै थप एकजनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या २५५ पुगेको छ।
आज एकैदिन सबैभन्दा धेरै प्रदेश २ मा संक्रमित थपिएका छन्।
प्रदेश २ मा आज ११३ जना संक्रमित थपिँदा रौटहटका मात्र ९२ जना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ४८ र प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, कर्णाली प्रदेशका सुर्खेतमा ४० र दैलेखका ३० जनामा संक्रमण पुष्टि भएको छ। योबाहेक पछिल्लो २४ घण्टामा झापाका पाँच, मोरङका चार, पर्साका ६, बाराका एक, पर्वतका चार, नवलपरासी पश्चिमका एकजनाका संक्रमण पुष्टि भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा कपिलवस्तुका पाँच, दाङका दुई, भेरी अस्पताल प्रयोगशाला बाँकेमा गरिएको परीक्षणमा बाँकेका १९, रोल्पाका १७, बर्दियामा ६ जनाका संक्रमण देखिएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा महोत्तरीका एक र सर्लाहीका दुई, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका दुई, कपिलवस्तुका २०, रूपन्देहीका पाँच र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सर्लाहीका ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. गौतमले बताए।

पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा भने नयाँ केस देखिएको छैन। नेपालमा अहिलेसम्म ९१३ जना कोरोनामुक्त भएका छन्।
१८ जनाको मृत्यु
नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।
पछिल्लो २४ घण्टामा दुईवटा मृत्युको केस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।
उनका अनुसार २८ जेठमा पर्साको वीरगञ्जको घण्टाघरमा मृत भेटिएका करीब २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो।
वेवारिसे शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल लगिएकोमा त्यहाँ उनको स्वाबको नमूना निकालेर परीक्षण गरिएको थियो।

यस्तै, बाराको निजगढ नगरपालिका–६, योजना टोलका ५ वर्षीय बालकको पनि कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
ज्वरो तथा स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उपचारका लगि वीरगञ्ज हेल्थ हेयर सेन्टर पु¥याइका बालकमा आरडीटी परीक्षण पोजिटिभ देखिएको थियो।

त्यसपछि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी उनलाई आइसोलेनमा राखिएको थियो। पीसीआर रिपोर्ट नआउँदै उनको हिजो नै मृत्यु भएको थियो।
उनको मृत्युपछि आएको रिपोर्टमा कोभिड–१९ देखिएको मन्त्रालय प्रवक्ता डा. गौतमले बताए।
पाँच जिल्ला अझै सुरक्षित
देशका ७२ जिल्लामा संक्रमण पुग्दा बाँकी पाँच जिल्ला भने अझै सुरक्षित छन्।
ओखलढुंगा, रसुवा, मनाङ, मुस्ताङ र रुकुम पश्चिममा अहिलेसम्म संक्रमित भेटिएका छैनन्।

इन्फोग्राफिक्स : भक्त थापा मगर।