काठमाडौं। संघीय संसदको प्रतिनिधि सभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक पारित हुँदा १२ जना सांसद अनुपस्थित भएका छन्।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि नेपाल सरकारको निशान छापलाई पनि अद्यावधिक गर्नुपर्ने भएको कारण सरकारले संविधान संशोधन प्रस्ताव संसदमा लगेको थियो।
नेपालको संविधानको अनुसूची–३ मा उल्लेख भएको नेपालको निशान छापमा नेपालको नक्शा राखिएको छ। सोही निशानछाप नयाँ नक्शाअनुसार अद्यावधिक गर्नको लागि संविधान संशोधन गर्नुपरेको हो।
भारतले कब्जा गरेको नेपाली भूमि समेटेर जारी गरिएको नक्शालाई संविधानको अंग बनाउने गरी भएको संविधान संशोधनको मतदानमा १२ जना सांसद अनुपस्थित भएका हुन्।
अनुपस्थित हुने सांसदहरूमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नगेन्द्रकुमार चौधरी, प्रमोद साह, शिवकुमार मण्डल, सरिता गिरी, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल र ज्ञानकुमारी छन्त्याल प्रतिनिधि सभाको बैठकमा अनुपस्थित भएका हुन्।
सांसद सरिता गिरी भने संसदमा आएर पनि बैठक बहिस्कार गरेर फर्केकी हुन्। सरकारले दर्ता गरेको संविधान दोस्रो संशोधन विधेयकको प्रस्तावमा गिरीले संशोधन दर्ता गरेकी थिइन्। उनको संशोधन सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरिदिएपछि उनी बैठक छाडेर हिँडेकी थिइन्।
नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा जारी गर्दा भारतलाई सोध्नुपर्ने गिरीले बताउँदै आएकी थिइन्।
संसदमा उनीहरू उपस्थित भएर संविधान संशोधनको पक्षमा मतदान गरेको भए संविधान संशोधन प्रस्ताव सर्वसहमतिले पारित हुन्थ्यो।
आजको बैठकमा २५८ जना सांसद मात्रै उपस्थित भएका थिए। उपस्थित सबै सांसदले संविधान संशोधनको पक्षमा मतदान गरे। संशोधनको पक्षमा परेको २५८ मत प्रतिनिधि सभामा तत्काल कायम रहेको कूल सदस्य संख्याको दुई तिहाइभन्दा बढी मत हो।
संविधान संशोधनका लागि भएको मत विभाजनपछि सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाको तत्काल कायम रहेको संख्याको दुई तिहाइभन्दा बढी मतले पारित भएको घोषणा गरेका थिए।
संसदमा अहिले २७१ सदस्य संख्या छ। प्रतिनिधि सभाको २७५ सदस्य संख्यामध्ये चारजना सांसद निलम्बनमा छन्।
" /> काठमाडौं। संघीय संसदको प्रतिनिधि सभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक पारित हुँदा १२ जना सांसद अनुपस्थित भएका छन्।सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि नेपाल सरकारको निशान छापलाई पनि अद्यावधिक गर्नुपर्ने भएको कारण सरकारले संविधान संशोधन प्रस्ताव संसदमा लगेको थियो।

">