म्याग्दी। मालिका गाउँपालिका-४, सिस्नेरीमा पहिराेले मुहान पुरेपछि खानेपानीको हाहाकार भएको छ।
बन्दरमूल खानेपानी आयोजनाको महखोलास्थित मुहान हिजाे राति वर्षापछि खसेको पहिराेले पुरिएको हो।
पहिराेले मुहान पुरिएपछि २६ घरधुरीमा खानेपानीको अभाव भएको उपभोक्ता समितिका अध्यक्ष बालकुमार सुनारले बताए।
“गाउँमा अन्य खानेपानीको स्रोत छैन”, उनले भने, “मुहान पुरिएपछि खानेपानीको हाहाकार भएको छ।”
निरन्तर खसिरहेको पहिराेले डुण्डुरको अर्को पाइप पनि बगाएको छ। दुई वर्षअघि मालिका गाउँपालिकाअन्तर्गत सञ्चालित पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत करीब ३० लाख रूपैयाँको लागतमा आयोजना निर्माण भएको थियो।
निजी धारामार्फत घरघरमा खानेपानी वितरण गरिएको थियो।
धारामा पानी आउन छाडेपछि मानिसलाई उपभोग गर्न, सरसफाइ, नुहाउन, कपडा धुन र गाईबस्तुलाई खुवाउन समस्या भएको छ। आयोजना मर्मत र वैकल्पिक व्यवस्थाका लागि वडा र गाउँपालिका कार्यालयमा अनुरोध गरेका छन्।
" /> म्याग्दी। मालिका गाउँपालिका-४, सिस्नेरीमा पहिराेले मुहान पुरेपछि खानेपानीको हाहाकार भएको छ।बन्दरमूल खानेपानी आयोजनाको महखोलास्थित मुहान हिजाे राति वर्षापछि खसेको पहिराेले पुरिएको हो।

">