काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको समयमा भीडभाड र नारा जुलुसमा सहभागी नहुन अपील गरेको छ।
जुलुसमा सामाजिक दूरी कामय नहुने र नारा लगाउँदा कोरोना भाइरस धेरै निस्किने हुँदा एकैपटक धेरैजना संक्रमित हुने खतरा रहने मन्त्रालयले बताएको छ।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा भने, “यसले गर्दा प्रहरी, स्वास्थ्यकर्मी र अत्यावश्यकीय सेवामा खटिनेलाई पनि संक्रमण बढ्छ। शहरी क्षेत्रको घना बस्तीमा संक्रमण भएका अस्पतालले उपचार धान्न सक्दैन।”
उनले परिवारको एउटा सदस्यलाई संक्रमण भएपछि ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, बालबालिका तथा दीर्घरोगीलाई संक्रमण सर्ने र मृत्यु समेत हुन सक्ने चेतावनी पनि दिए।
“पीसीआर परीक्षणको दायरा बढाएर असार १५ गतेसम्म दैनिक १० हजार परीक्षण गर्ने तयारीमा छौँ”, डा.गौतमले भने, “तर, भीडभाडले संक्रमण धेरै बढ्दै गयो भने यो संख्या पनि अपुग हुन सक्छ। सावधानी नपनाउँदा आत्मघाती हुनसक्नेतर्फ ध्यान दिने गरौँ।”
एक जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएका पूर्ण लकडाउन हुने भएकाले व्यापार, व्यवसाय पनि धराशायी बन्ने र दैनिक जीवन थप कष्टकर बन्नेतर्फ सचेत रहन मन्त्रालयले अपील गरेको छ।
स्वास्थ्य मन्त्रालयले खर्च गर्यो डेढ अर्ब
यसैबीच, मन्त्रालयले कोरोना प्रतिकार्य तथा व्यवस्थापनतर्फ डेढ अर्ब रूपैयाँ खर्च गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार २ अर्ब ७१ करोड २९ लाख ४७ हजार निकाशा प्राप्त भएको एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार खर्च भएको हो।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको समयमा भीडभाड र नारा जुलुसमा सहभागी नहुन अपील गरेको छ।जुलुसमा सामाजिक दूरी कामय नहुने र नारा लगाउँदा कोरोना भाइरस धेरै निस्किने हुँदा एकैपटक धेरैजना संक्रमित हुने खतरा रहने मन्त्रालयले बताएको छ।

">