काठमाडौं। नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।
पछिल्लो २४ घण्टामा दुईवटा मृत्युको केस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।
उनका अनुसार २८ जेठमा पर्साको वीरगञ्जको घण्टाघरमा मृत भेटिएका करीब २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। उनको नाम ठेगाना भने खुल्न सकेको छैन।
वेवारिसे शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल लगिएकोमा त्यहाँ उनको स्वाबको नमूना निकालेर परीक्षण गरिएको थियो। उनमा हिजो कोभिड–१९ पुष्टि भएको प्रवक्ता गौतमले बताए।
यस्तै, बाराको निजगढ नगरपालिका–६, योजना टोलका ५ वर्षीय बालकको पनि कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ज्वरो तथा स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उपचारका लगि वीरगञ्ज हेल्थ हेयर सेन्टर पुर्याइका बालकमा आरडीटी परीक्षण पोजिटिभ देखिएको थियो।
त्यसपछि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी उनलाई आइसोलेनमा राखिएको थियो। पीसीआर रिपोर्ट नआउँदै उनको हिजो नै मृत्यु भएको थियो। उनको मृत्युपछि आएको रिपोर्टमा कोभिड–१९ देखिएको मन्त्रालय प्रवक्ता डा. गौतमले बताए।
" /> काठमाडौं। नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।पछिल्लो २४ घण्टामा दुईवटा मृत्युको केस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।

">