दैलेख। दैलेखमा २० महीने बालकसहित २२ जना काेराेनामुक्त भएका छन्।
जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेसन वार्डमा उपचाररत २२ जना कोरोनामुक्त भएका हुन्।
कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएका उनीहरूले कोरोना जितेसँगै घर फर्किएका हुन्। दोस्रोपटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको छ।
कोरोना संक्रमण पुष्टि भएका अधिकांश दुई हप्ता र केही २० दिनमा कोरोनामुक्त भएर फर्किएका छन्।
योसँगै दैलेखमा कोरोनामुक्त हुनेकाे संख्या २६ पुगेको छ। कोरोनामुक्त हुने सबै भारतबाट आएका हुन्।
रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए।
स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत तथा कोभिड-१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिका वडा नं २ का २१ र ४१ वर्षीय पुरुष, वडा नं ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष तथा वडा नं ४ का २० महिनाको बालक एवं २५, २५ र ४० वर्षीय पुरुष काेराेनामुक्त भएका हुन्।
यसैगरी वडा नं ६ का २७ वर्षीय पुरुष, वडा नं ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नं ९ का २० र ५० वर्षीय पुरुष, वडा नं १० का १७, १७, २० र २३ वर्षीय पुरुष तथा वडा नं ११ का १८ र २७ वर्षीय पुरुष कोरोनामुक्त भएकाे फोकल पर्सन रेग्मीले बताए।
" /> दैलेख। दैलेखमा २० महीने बालकसहित २२ जना काेराेनामुक्त भएका छन्।जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेसन वार्डमा उपचाररत २२ जना कोरोनामुक्त भएका हुन्।

">