बाँकेका १९ सहित थप ४२ जनामा काेराेना संक्रमण
<p>बाँके। भेरी अस्पताल नेपालगञ्जमा गरिएकाे परीक्षणमा बाँकेका १९ सहित ४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।</p>
<p>जसअनुसार राेल्पाका १७ र बर्दियाका ६ जनामा संक्रमण देखिएकाे छ।</p>
<p>अस्पतालका अनुसार बाँकेमा संक्रमित हुने राप्तीसाेनारीका १५ जना, खजुराका तीनजना र नेपालगञ्जका एकजना रहेका छन्।</p>
<p>त्यस्तै राेल्पामा सुनिलस्मृतिका १२, बम्रुकका पाँचजना छन्। बर्दियाका ६ जना संक्रमित बारबर्दियाका भएकाे अस्पतालले जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्
