दुर्घटनामा छोरीको मृत्यु, बाबु घाइते
<p>कैलाली। कञ्‍चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका छन्।</p>
<p>कृष्णपुर नगरपालिका ४ मा से६प ३३८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई वर्षीया जेनिसा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।</p>
<p>जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका डीएसपी अमरबहादुर थापाले दुर्घटनामा परी घाइते भएकी बालिकाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जानकारी दिए।</p>
<p>दुर्घटनामा घाइते भएका उनका बाबु तथा मोटरसाइकल चालक ज्ञानेन्द्र खड्काको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
