स्थानीय संक्रमण भेटिएपछि बन्द भयो बेइजिङको मुख्य बजार

बेइजिङ। स्थानीय स्तरमै संक्रमणका ६ वटा नयाँ केस देखिएपछि चीनको राजधानी बेइजिङका मुख्य बजार क्षेत्र बन्द भएको छ।

नेसनल हेल्थ कमिसनले स्थानीय स्तरमै कोरोना भाइरस संक्रमणका नयाँ बिरामी भेटिएको पुष्टि गरेको हो। तीमध्ये दुई जना संक्रमण पुष्टि हुनुअघि स्थानीय सिङफादी बजारमा घुमेको पत्ता लागेपछि चिनियाँ अधिकारीहरूले उक्त कदम उठाएका हुन्।

यो बेइजिङको मुख्य होलसेल मार्केट हो। बजारका सबै पसल सञ्‍चालकहरूको परीक्षण गरिसकिएको अधिकारीहरूले जनाएका छन्।

नयाँ स्थानीय संक्रमणका कारण विद्यालयहरू खोल्ने सरकारी योजनामा पनि धक्का लागेको छ।

बेइजिङमा सात सातापछि स्थानीय स्तरमै संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनुहोस्