अनिल अम्बानीसँग १२ सय करोड असुल्न एसबीआईले शुरु गर्‍यो कानूनी प्रक्रिया <p>नयाँदिल्ली । उद्योगपति अनिल अम्बानीसँग एक हजार दुई सय करोड भारतीय रुपैयाँ असुल्न स्टेट बैंक अफ इन्डिया (एसबीआई) ले कानूनी प्रक्रिया अगाडि बढाएको छ ।</p> <p>इन्डियन एक्सप्रेसका अनुसार रिलायन्स कम्युनिकेसन तथा रिलायन्स इन्फ्राटेलका लागि अम्बानी व्यक्तिगत जमानीमा बसेका थिए ।</p> <p>नेसनल कम्पनी ल ट्रिबुनल (एनसीएलटी) ले अम्बानीलाई आफ्नो जवाफ पेश गर्न एक साताको समय दिएको छ ।</p> <p>&ldquo;यो मुद्दा रिलायन्स कम्युनिकेसन्स तथा रिलायन्स इन्फ्राटेललाई दिइएको कर्पोरेट ऋणको हो,&rdquo; अम्बानीका प्रवक्ताले भने, &ldquo;अम्बानीले लिएको व्यक्तिगत ऋणको मुद्दा होइन ।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्