रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसके पनि युभेन्टस फाइनलमा
काठमाडौं। क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न चुके पनि युभेन्टस कोपा इटालियाको फाइनलमा स्थान बनाउन सफल भएको छ। गए राति घरेलु मैदानमा एसी मिलानसँग गोलरहित बराबरी खेले पनि युभेन्टसले फाइलनको यात्रा तय गरेको हो।
मिलानका आन्द्रेया कोन्टीले १६औं मिनेटमा पेनाल्टी क्षेत्रमा फाउल गरेपछि युभेन्टसले पेनाल्टी अवसर पाएको थियो। रोनाल्डोले हानेको पेनाल्टी प्रहार बायाँ बारमा लागेर फर्किएपछि युभेन्टसले अग्रता लिने सुनौलो अवसर खेर फालेको थियो।
लगत्तै युभेन्सका रक्षक ड्यानिलोलाई फाउल गरेपछि मिलानका फरवार्ड एन्टी रेबिकले रातो कार्डको सामना गरेका थिए। १७औं मिनेटमा भ्रमणकारी मिलान १० खेलाडीमा सीमित भए पनि युभेन्टसले त्यसको फाइदा उठाउन सकेन। गोलरहित बराबरी खेले पनि युभेन्टस अवे गोलको अधारमा फाइनलमा स्थान सफल भयो।
माउरियो सारीको युभेन्टसले अब बुधबार इन्टर मिलान र नेपोलीबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल रोममा हुनेछ। नेपोलीले पहिलो लेगमा १-० को अग्रता लिएको छ।
इटालीमा ९ मार्चदेखि फुटबल स्थगित भएको थियो। इटालीको शीर्ष डिभिजन लिग सिरी ‘ए’ पनि २० जुनबाट शुरू हुँदैछ। लिगमा अब १२ खेल बाँकी रहदा युभेन्टस दोस्रो स्थानको लाजियोभन्दा एक अंकको अग्रतासहित शीर्ष स्थानमा छ। युभेन्टसको ६३ अंक छ भने लाजियोको ६२ अंक छ। ५४ अंकको इन्टर मिलान तेस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्