संक्रमित संख्यामा भारतले उछिन्यो बेलायतलाई <p>नयाँदिल्ली। कोरोना भाइरस संक्रमितको संख्याका आधारमा भारतले बेलायतलाई उछिनेको छ।</p> <p>जोन हकिन्स विश्&zwj;वविद्यालयका अनुसार हिजो बेलायतलाई उछिनेर भारत कोरोना भाइरस संक्रमितको संख्याका आधारमा सबैभन्दा बढी प्रभावित चौथो मुलुक बनेको हो।</p> <p>भारतले ८ जुनयता लकडाउन खुकुलो बनाएको छ। र, कोरोना संक्रमितको संख्या पनि उकालो लागेको छ। जानकारहरूले भने भारतमा अझै संक्रमणको पिक नआइसकेको बताएका छन्।</p> <p>८ जुनमा दुई लाख ५७ हजार चार सय ८६ संक्रमितसहित भारत पाँचौं मुलुकमा थियो। हिजोसम्ममा संक्रमित संख्या दुई लाख ९८ हजार पुगेको छ। र, मृतक संख्या आठ हजार चार सय ९८ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्