पर्सामा मृत फेला परेका युवकमा कोरोना संक्रमण
<p>काठमाडौ । पर्सामा मृत फेला परेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।</p>
<p>वीरगञ्‍जको घण्टाघरमा मृत भेटिएका करिब २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्‍टि भएको हो। उनको नाम ठेगाना भने खुल्न सकेको छैन ।</p>
<p>उनको शव पोस्टमार्टमपछि नारायणी अस्पतालमा राखिएको छ । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो ।</p>
<p>शव उठाउनेलगायत कार्यमा खटिएका तीन जना प्रहरीलाई क्‍वारेन्टाइनमा राखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
