गेटाफेले ला लिगाको शीर्षको चारमा उक्लने मौका गुमायो
काठमाठौं। ग्रानाडासँग २-१ पराजित भएपछि गेटाफेले स्पेनिस ला लिगा लिगाको शीर्ष चार स्थानमा उक्लने मौका गुमाएको छ।

गए राति ग्रानडा भ्रमणमा निस्केको गेटाफेले २०औं मिनेटमा अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा तीन अंक जोड्ने मौका गुमाएको हो। गेटाफेले डेभिड टिमोर कोपोभीको गोलबाट अग्रता लिएको थियो। कोपोभीले मार्क कुकुरेलाको पासमा गोल गरेका थिए।

७०औं मिनेटमा गोटाफेका रक्षक डिजेनको आत्मघाती गोलमा ग्रानाडाले बराबरी गरेको थियो। डर्विन म्याचिसको फ्रिकिकलाई क्लियर गर्ने क्रममा डिजेनले आफ्नै पोस्टमा गोल गरेका थिए। खेल सकिन ११ मिनेट बाँकी रहँदा कार्लोस फर्नान्डेजले गरेको गोल घरेलु टीम ग्रानाडाको जितमा निर्णायक बन्यो।

पराजित भएको गेटाफे २८ खेलबाट ४६ अंकका साथ पाँचौं स्थानमा छ। जुन एक खेल कम खेलेर चौथो स्थानमा रहेको रियाल सोसिडाडसँग बराबर अंक हो। त्यस्तै तेस्रो स्थानको सेभियाभन्दा चार अंकले मात्र पछि हो।

आठौं स्थानमा रहेको ग्रानाडाको भने ४१ अंक छ। जुन गेटाफेको भन्दा पाँच अंकले मात्र पछाडि हो। सातौं स्थानको भ्यालेन्सिया र १२औं स्थानको लेभान्टेले भने १-१ को बराबरी खेले। दुवै गोल अन्तिम समयमा भएको थियो। रोड्रिगोको गोलमा भ्यालेन्सियाले ८९औं मिनेटमा अग्रता लिएको थियो। इन्जुरी समयको अन्तिम मिनेटमा लेभान्टेले पेनाल्टी अवसर पाएको थियो। जसलाई गोन्जालो मेलेरोले गोलमा परिणत गर्दै लेभान्टेलाई एक अंक दिलाएका थिए।

प्रतिक्रिया दिनुहोस्